कोल्ड स्टोरमा राखेको आलु कुहियो

यो समाचार 133 पटक पढिएको

पोखरा, ३० असोज / पश्चिमाञ्चल कोल्ड स्टोरेज प्रालिमा स्टोर गरेर राखेको आलुको बिऊ कुहिएपछि कृषकहरुले क्षतिपूर्ति मागेका छन् ।

Potatoतेल अभावमा जेनेरेटर चलाउन नसक्दा आलुको बिऊ कुहिएपछि कृषकहरुले क्षतिपूर्ति माग गरेका हुन् । कृषकहरुले क्षतिपूर्ति माग गरेपनि कोल्ड स्टोरका सञ्चालकले भने क्षतिपूर्ति दिन नसक्ने बताएको छ । कुहिएको आलुको बिऊको क्षतिपूर्ति माग गर्दै शुक्रबार पुगेका कृषकहरुलाई सञ्चालकले क्षतिपूर्ति दिन नसक्ने बताएको हो । कृषकहरुले कुहिएको मध्ये आधा मात्रै भएपनि कोल्ड स्टोर सञ्चालकले क्षतिपूर्ति भएपनि दिनुपर्ने माग गरेका थिए । तर सञ्चालकले भने आफूले पहिल्यै क्षतिपूर्ति दिन नसक्ने जानकारी गराएरै आलुको बिऊ राखेकाले क्षतिपूर्ति दिन नसक्ने अडान राखेका छन् । उनले बिऊ राख्दा दिइएको रसिदको पछाडि राखिएको सामान केही भएमा क्षतिपूर्ति दिन नसक्ने स्पष्ट लेखिएकाले क्षतिपूर्तिको कुरै नगर्न भन्दै पन्छिएको पीडित कृषक निर्मल पौडेलले बताए ।

उनका अनुसार आलुको बिऊको ईन्सुरेन्स गरिएको भनिएको थियो । तर अहिले आएर तेलको अभावले बिऊ बिग्रिएकाले ईन्सुरेन्स दाबी गर्न नमिल्ने सञ्चालकले भनेको उनले सुनाए । सञ्चालकले आलुको बिऊ बिग्रिएपनि कोल्ड स्टोरमा राखेको चार्ज भने लिएरै छाडेको छ । स्टोरका अध्यक्ष दिपक कोईरालाले आफ्नो गल्तिले नभई तेल अभावले बिऊ बिग्रकाले आफू त्यसमा जिम्मेबार नहुने बताए । उनले कृषकलाई क्षतिपूर्ति कुनैपनि हालतमा दिन नसक्ने बताए । कृषकले भने कि त आलुको बिऊ राम्रो चाहियो कि चाहिं चार्ज मिनाहासहित आधा मात्रै भएपनि क्षेतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :