विश्व खाद्य दिवस मनाइयो

यो समाचार 359 पटक पढिएको

काठमाडौं, २९ असोज / विश्व खाद्य दिवसको अवसरमा राजधानीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार मनाइएको छ ।

world food day

कृषि र खाद्य अधिकारसम्बन्धि विभिन्न १८ वटा संघसंस्थाहरुले संयुक्त रुपमा ¥यालीको आयोजना गरेर उक्त दिवस मनाएको हो । रत्नपार्कको शान्तिवाटिकामा आयोजित कार्यक्रममा सहभागी भएका कृषि बिज्ञ तथा किसानहरुले किसान परिचय पत्र अबिलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेका थिए । कृषि अभियन्ताहरुले हालै जारी भएको संविधानले खाद्य अधिकारलाई सम्बोधन गरेको प्रति सरकारलाई आभार व्यक्त गर्दै दीर्घकालिन कृषि रणनीति(एडिएस) ले अझै किसानको समस्या समाधान गर्न नसकेको औल्याएका थिए ।

राष्ट्रिय किसान सञ्जालका प्रतिनिधि डा. केशव खड्का, अखिल नेपाल किसान महासंघका प्रतिनिधि नहेन्द्र खड्का, खाद्यका लागि कृषि अभियानका डा. कृष्ण पौडेल, नेपाल राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धवकुमार अधिकारी, फियान नेपालका डा. सर्व खड्कालगायतका वक्ताहरुले पछिल्लो समयमा कृषिमा ठूलो बजेट उपलब्ध भएपनि कृषि क्षेत्र परनिर्भर बनेको प्रति सरकारको आलोचना गरेका थिए ।

कार्यक्रम अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, ओरेक नेपाल, कर्णाली कृषि तथा खाद्य सरोकार समूह, खाद्यका लागि कृषि अभियान, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जाल नेपाल, नेपाल पर्माकल्चर समूह, नेपाल किसान संघ, नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना), प्रेरणा नेपाल, फियान नेपाल, राष्ट्रिय कृषक समुह महासंघ नेपाल, राष्ट्रिय भूमि अधिकार मञ्च, राष्ट्रिय किसान सञ्जाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र हिमवन्ती नेपालको संयुक्त आयोजना भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :