नेपालमा पनि विश्व खाद्य दिवस मनाइने

यो समाचार 249 पटक पढिएको

ललितपुर, २८ असोज /कृषि र सामाजिक सुरक्षा, गरिबी घटाउने हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ शुक्रबार नेपालमा पनि ३५ औं विश्व खाद्य सुरक्षा दिवस मनाइने भएको छ ।

Food Secutiryविश्व खाद्य दिवस समितिद्धाा बिहीबार ललिपुरमा आयोजित कार्यक्रममा कृषि उत्पादन वृद्धि र जोखिममा रहेका समूहमा थप सहयोगी उपायको अवलम्वन गरी ग्रामीण गरिबी न्यूनिकरणमा सहयोग पु¥याउने समितिका अध्यक्ष तथा कृषि विभागका महानिर्देशक युवकध्वज जीसीले बताए । करिब ६६ प्रतिशत मानिस कृषि पेशामा आश्रित, कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाई योगदान रहेपनि नेपालको ग्रामीण तथा खाद्य असुरक्षाको स्थिति विकराल बन्दै गएको उनले बताए ।

‘यस्तो चक्रलाई तोड्न गरीब परिवार केन्द्रीत कार्यक्रमहरु सञ्चालन गर्न लागिएको छ,’ उनले भने ‘ यस्ता क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्न तथा कृषि एवम् खाद्य वस्तुको उत्पादन बढाउन सरकारको ध्यान आर्कषण हुनुपर्छ ।’ विश्वमा कुल ७ अर्ब जनसङ्ख्यामध्ये करबि ८० करोड मानिस भोगमरीको चपेटा परेका छन् । नेपालमा पनि करीब पौने ३ करोड जनसङ्ख्यामध्ये ४५ लाख जनता स्वस्थ्यकर र प्रर्याप्त भोजनको अभावमा कुपोषित जीवन यापन गरिरहेका छन्

रचनात्मक प्रतिक्रिया दिनुहोस् :