धानको भात भन्दा मकैको ढिंढोमा धेरै तागत

यो समाचार 219 पटक पढिएको

खसीको मासुमा पैसा बढी,क्यालोरी कम

काठमाडौं । शरीरलाई अति आवश्यक क्यालोरी प्राप्त गर्न तपाईं कस्ता-कस्ता खाद्य पदार्थ उपयोग गर्नु हुन्छ ?  जिब्रो नै रसाउने मीठा र महंगा खाने कुराले मात्र हाम्रो शरीरलाई बढी क्यालोरी दिने भ्रम तपाईं हामीमा छ । हामी सबैको ध्यान मीठा मीठा र स्वादिला खानेकुरामा मात्र गइरहेको हुन्छ । कृषि प्रधान देश नेपालमा धान सँगै धेरै उत्पादन हुने मकैका परिकार देशका ग्रामीण बस्तीका चुल्होमा अहिले पनि पाक्छ ।

धानको भात र गहुँको रोटीभन्दा पनि धेरै क्यालोरी पाइने मकैका परिकार खानु पर्दा भने शिक्षित र जान्ने बुझ्नेहरु पनि नाक खुम्च्याउँछन् । अहिले सहर बजारका नाम चलेका होटलहरुमा मकैका परिकार पाक्न थालेका छन् । दैनिक जीवन विलासी भएर मधु मेह जस्ता रोगले सताउन थाले पछि मकैको ढिंडोले सहर बजारका बासिन्दाको ध्यान तानिरहेको छ । मासुका पारखीहरु दोब्बर बढी मूल्य तिरेर भए पनि अन्यको भन्दा खसीको मासु खान मरिहत्ते गर्छन् । साकाहारीहरु तरकारी र सलादका रुपमा प्रयोग गर्न बन्दाकोपीलाई बढी रुचाउँछन् ।

Food

मीठा र स्वादिला खानेकुराले भन्दा हाम्रा गाउँघरमा फल्ने थोरै मूल्यका खाद्यान्नबाट बढी शक्ति पाइने कुरा चिकित्सकहरुले पनि प्रमाणित गरिसकेका छन् । तापको एक इकाई मानिने क्यालोरीले तौल बढाउने काम गर्छ । मानिसको तौल जति धेरै हुन्छ,क्यालोरीको पनि धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलो तैलका लागि ३७ क्यालोरी चाहिन्छ । युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्धरवृद्धाहरूलाई थोरै क्यालोरी भए पुग्छ ।

खसीको मासु : पैसा बढी, क्यालोरी कम

हाम्रो देशमा मासुका पारखीहरुको संख्या धेरै रहेको छ । खसी,राँगा,बंगुर, कुखुराको मासु खानेहरुको संख्या नेपालमा छ । मासुका लागि मरिहत्ते गर्नेहरुले मासुमा भन्दा कुखुराको अण्डामा धेरै क्यालोरी पाइने कुरा बुझ्नु जरुरी छ । मासु नखानेहरुले त्यसको विकल्पमा कुखुरको अण्डाका परिकार खाने गरेका छन् । कुखुराको सय ग्राम अण्डामा एक सय ७३ क्यालोरी पाइन्छ । जव कि धेरैले रुचाउने खसीको सय ग्राम मासुमा एक सय १८ क्यालोरी हुन्छ । त्यसै गरी हाँसको सय ग्राम मासुमा एक सय ३० क्यालोरी रहेको हुन्छ । सय ग्राम माछामा ९७ क्यालोरी हुन्छ भने बंगुरको मासुमा एक सय १४ क्यालोरी रहेको हुन्छ । काठमाडौं उपत्यकामा राँगाको मःमः अत्याधिक लोकप्रिय छ । मासुका परिकारहरु मध्ये राँगाको सय ग्राम मासुमा ८६ क्यालोरी मात्र रहेको हुन्छ ।

मकैको ढिँडोमा धेरै क्यालोरी

नेपालीहरुलाई अन्य मीठा मीठा परिकार अघाउञ्जी खाए पनि भात नखाई चित्त बुझ्दैन । भात खानैपर्ने बानीका कारण नेपालीहरुको चुल्होमा प्रायजसो चामलको भात पाक्ने गरेको छ । आर्थिक अवस्था कम्जोर रहेका घरमा भने मकैको भात, कोदाको र मकैको ढिडो पनि पाक्छ । क्यालोरीका लागि चामलको भात र मकैको ढिडोलाई पनि उपयुक्त मानिएको छ । ५ सय ग्राम बराबरको एक डल्लो ढिंडोमा ५ सय ५४ क्यालोरी पाइन्छ भने तीन सय २० ग्राम बराबरको एक थाल भातमा ४ सय १५ क्यालोरी पाइन्छ । २ सय ५० मिलि बराबरको एक बटुका रहर-मुङको दालमा १ सय २२ क्यालोरी पाइन्छ । एक सय ३५ ग्राम बराबरको एक प्लेट चनाको तरकारीमा १ सय ७१ क्यालोरी पाइने गरेको छ । २ सय ५० मिलिको मासको दालमा १ सय ४१ क्यालोरी पाइने गरेको छ

रचनात्मक प्रतिक्रिया दिनुहोस् :