स्कुस बेचेर पनि लखपति होइन्छ

यो समाचार 334 पटक पढिएको

इलाम, २८ असोज /सुर्योदय नगरपालिका ९ गहिरी गाउँका पे्रमबहादुर खड्काले गत वर्ष १३ लाखको स्कुस बिक्री गरे।

Skooshयस वर्ष मौसम अनुकूल नभए पनि ६ लाखको स्कुस बिक्री गरिसकेको उनले बताए । ‘मौसम अनुकूल भएको भए पोहोर भन्दा बढी आम्दानी हुने थियो,’ उनले भने। खड्काले १५ रोपनी जमिनमा स्कुस लगाएका छन्। एक लाख ५० हजार खर्च गरेर माच बनाएका उनले पहिलो टिपाइमै लगानी उठेको बताए। एउटा गाई, केही बाछाबाछी पालेका प्रेमले आफूलाई खान पुग्ने चिया समेत रोपेका छन्।

उनले भने, ‘मेरो खेतीपाती नै यत्ति हो।’ एक टिपाइमा एक सय ५० मनसम्म उत्पादन हुने स्कुसको मूल्य सुरुमा प्रतिमन ९४० किलोको० एक हजार पाइन्छ। अन्तिम सिजनमा प्रति मन तीन सयसम्म हुने गरेको उनले जानकारी दिए। झापाको चारआली, विर्तामोड, इलामको नेपाल(भारत सीमाको बजार हिलेसम्म पर्‍याएर उनले आफ्नो र गाउँलेकोसमेत स्कुस बिक्री गर्ने गरेका छन् । स्कुस मःम र तरकारीको रूपमा प्रयोग हुने गरेको छ।  किसानको तरकारी खरिद गरेर बजारमा पुर्‍याउने पेसामा आठ वर्ष विताएका प्रेमले चार वर्षदेखि आफै खेती गर्न थालेका हुन्। उनले स्कुसकै कमाइबाट पाँच रोपनी जमिन, एउटा घर र पिकअप गाडी जोडेका छन्।

‘यसअघि ६ जनाको परिवारलाई खान मुस्किल हुन्थ्यो’, प्रेमले भने, ‘पुग्न त कसलाई पुगेको छ र रु तर पनि अहिले आनन्द छ।’ उनले गाउँका बेरोजगार युवालार्य घोडा खरिद गरिदिएका छन् । ती युवाले गाउँगाउँबाट स्कुस संकलन गरिदिने गरेका छन्। उनले विगत सम्झिए, ‘चिया, आलु लगाए घाटै मात्र हुन्थ्यो।’ स्कुस लगाउन थालेपछि उनलाई यो जस्तो खुशीको खेती अन्य छैन भन्ने परेको छ। गाउँभरि चिया लगाए पनि उनले भने घरमा आफैलाई खान पुग्ने मात्र चिया लगाएका छन्।

जेठदेखि कार्तिकसम्म स्कुसमै व्यस्त हुने उनलाई श्रमको मोल उठाउने खेती समातेकोमा ढुक्क भएको छ।गहिरी गाउँका एक सय परिवारको स्कुस खरिद गर्ने प्रेमका अनुसार प्रत्येक घरले ६० हजार भन्दा बढीको स्कुस बिक्री गर्ने गरेका छन्। रोग नदेखिएको बाली भएकाले किसानको चासो स्कुसतर्फ बढेको किसान अलैंची विकास सहकारीका अध्यक्ष तारानिधि दुलालले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :