शीतभण्डार निर्माण सुरु

यो समाचार 317 पटक पढिएको

स्याङ्जा, २७ असोज / जिल्लाको पुतलीबजार नगरपालिका–१३ जैसीडाँडामा २ हजार ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण सुरु भएको छ ।
Cold Storeसरकारले प्रत्येक विकास क्षेत्रमा एक–एकवटा शीतभण्डार निर्माण गर्ने नीति अघि सारेसँगै पश्चिमाञ्चल विकास क्षेत्रको शीतभण्डार जैसीडाँडामा निर्माण सुरु गरिएको हो । स्याङ्जा शीतभण्डार सहकारी संस्थामार्फत निर्माण थालिएको शीतभण्डारको लागत १८ करोड छ । सहकारी संघसंस्था मात्रै सेयर सदस्य रहने व्यवस्था गरिएको शीतभण्डार निर्माणमा ९९ सहकारी सदस्य बनेका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

सहकारी र सहकारी विभागको ५०/५० प्रतिशत लगानीमा निर्माणाधीन शीतभण्डारको हाल भित्ता ढलान भइरहेको छ भने ०७३ पुससम्ममा निर्माण सम्पन्न हुनेछ । ‘सुन्तलालाई लामो समयसम्म भण्डारण गरिराख्न सकिने र उपयुक्त समयमा बजारीकरण गरी उचित मूल्य लिन सकिनेछ,’ श्रेष्ठले भने । पश्चिमाञ्चल विकास क्षेत्रको एक मात्रै निर्माणाधीन शीतभण्डार निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा उत्पादित फलफूल तथा तरकारीको सुरक्षित भण्डारण गर्न सकिनेछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :