जाजरकोटमा पशु चौपायमा पिपिआर र खोरेत रोगको महामारी

यो समाचार 269 पटक पढिएको

जाजरकोट, २५ असोज / जाजरकोटको उत्तरी बारेकोट क्षेत्रका पशु चौपायमा पिपिआर र खोरेत रोगको महामारी फैलिएको छ ।

PPR Livestock Disiaseमहिना अघिदेखि फैलिएको महामारीबाट त्यहाँका किसानका एक हजार भन्दाबढी भेँडा, बाख्रा, भैँसी, गाईगोरुको मरेका छन् । लहँ, सक्ला, नायकवाडा, रोकायगाउँ, ढिमे, पैक, अर्छानी, टालेगाउँ लगायतका गाविसमा रोगको महामारी फैलिएको जिल्ला पशु सेवा कार्यालय जाजरकोटले जनाएको छ । लहँ–८ का खड्कबहादुर सिंहले गाउँमा पशुचौपायामा फैलिएको प्रकोपको कारण किसानको ठुलो क्षति भएपनि सरकारी निकायले ध्यान नदिएको गुनासो गर्नुभयो ।

क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक डा. नारायणप्रसाद न्यौपानेले जाजरकोटका गाउँका पशुमा फैलिएको रोग पिपिआर र खोरेत भएको बताउनुभयो । पशु चौपायमा देखिएको रोगको थप अनुसन्धानका लागि बिरामी पशुको रगत घाउको पिप तथा अन्य नमुना संकलन गरिएको उहाँले बताउनुभयो । नमुना परीक्षणको रिपोर्ट आएपछि पशु चौपायमा लागेको रोग बारे स्पष्ट जानकारी आउने र त्यसपछि उपचार गर्न सहयोग पुग्ने न्यौपानेले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :