फूलको उत्पादन बढ्यो

यो समाचार 136 पटक पढिएको

काठमाडौं, २५ असोज / यसवर्ष स्वदेशी फूल उत्पादनमा वृद्धि भएकाले चाडपर्वलाई लक्षित गरेर भारतबाट ल्याइने फूलमा केही कमी आउने देखिन्छ ।

पछिल्लो समय फूलको प्रयोग होटल, सभा सम्मेलन र घरमा सजावटको लागि पनि फूलको प्रयोग बढिरहेको छ । फूलको प्रयोगमा वृद्धि भएसँगै व्यावसायिक रुपमा यसको खेती गर्ने कृषकको सङ्ख्यामा पनि वृद्धि भएकाले स्वदेशी उत्पादन बढेको हो । स्वदेशी उत्पादन बढेकाले भारतबाट ल्याइने फूलमा कमी आउने भएको हो ।

नेपालमा हरेक वर्ष हिन्दू धर्मावलम्बीहरुको मुख्य चाड दसैँ तथा तिहारलाई लक्षित गरेर भारतबाट २० प्रतिशत फूल आयात गर्ने गरिएको फ्लोरीकल्चर एसोसियसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । अध्यक्ष गैरेका अनुसार विशेष गरी तिहारको लागि सयपत्री फूल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरेको छ । एसोसिएसनका अनुसार फूल उत्पादनमा वृद्धि भएपनि गत वैशाखमा गएको भूकम्पका कारण बजारमा फूलको कारोबार भने त्यति राम्रो भएको छैन ।

उपत्यकाको तीनवटै जिल्ला, नुवाकोट, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नवलपरासीलगायतको जिल्लामा करिब ३०० प्रजातिका फूलको व्यवसायिक खेती हँुदै आएको छ । सयपत्री फूल भारतबाट ल्याउने गरेको भएपनि गोदावरी र मखमली फूल अस्ट्रेलिया र मलेसिया समेत निर्यात हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :