‘कृषिलाई परिणाममुखी बनाउ’ : नवनियुक्त कृषिमन्त्री

यो समाचार 221 पटक पढिएको

काठमाडौ, २५ असोज / नवनियुक्त कृषि विकासमन्त्री हरिवोल गजुरेलले कृषि कर्मलाई परिणाममुखी बनाउन आफना मातहातका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
Haribol Gajurelएकीकृत नेकपा माओवादीको कोटाबाट नयाँ कृषिमन्त्रीको सपथ ग्रहण गरेलगतै सोमवार कृषि विकास मन्त्रालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्दे कृषिमन्त्री गजुरेलले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले आफु पनि किसानको छोरा भएको जानकारी गराउदै उनले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए । कृषि कर्मलाई प्रचारमुखी भन्दा पनि परिणाममुखी बनाउन कर्मचारीहरुलाई बढी जिम्मेवार हुन उनले निर्देशन दिए ।

कर्मचारीहरुको सेवा सुविधा बढाएर भएपनि काम प्रति बढी जिम्मेवार बनाउन आफनो प्रयास हुने भन्दै मन्त्री गजुरेलले थोरै सेवा सुविधाका कारण कर्मचारीहरुलाई अख्तियारको त्रासबाट मुक्त गरि ढुक्कसँग काम गर्न आग्रह पनि गरे ।

नेपालको सम्रग विकास नै कृषि, पर्यटन र जलविद्युतबाट हुने भन्दै संविधान निर्माणसँगै नयाँ सरकार समेत बनिसकेको अवस्थामा आम किसानको जीवनस्तर माथि उठाउन अब कृषिमा परिणाम नदेखाएसम्म पछि हट्न नसकिने कृषिमन्त्री गजुरेललको भनाई थियो । उनले कृषि विकासका लागि कृषि, सिंचाइ र भूमिसुधार मन्त्रालय एकै ठाउँबाट कार्यसम्पादन हुनु पर्नेमा जोड समेत दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :