कम छैनन नेपाली बैज्ञानिक पनि कृषि यन्त्र बनाउन

This post has already been read 247 times!

काठमाडौं, काम गर्ने उमेरका युवा बिदेशिएपछि हिजोआज गाउँमा खेताला पाइदैन । त्यसैले पहिले मान्छेले गर्ने कामका लागि मेसिनको प्रयोग गर्न थालिएको छ । खानजोत गर्न र बाली भित्र्याउन मेसिनको प्रयोग अनिवार्य नै भएको छ । पाँच बर्षअघिसम्म कृषि प्राविधिकले मेसिनका कुरा गर्दा किसानले उति वास्ता गर्दैनथे । तर काम गर्ने मान्छे पाउनै छोडेपछि प्रबिधि प्रयोग बाध्यता जस्तै बनेको छ । झण्डै १५ बर्षअघि काठमाडौ उपत्यकाका पाँचखाल, नाला र साँखु क्षेत्रमा खेत जोत्न हाते ट्रयाक्टर र तराईका समथर फाँटमा ठुला ट्रयाक्टर भित्रिएसँगै नेपाली कृषि क्षेत्रमा यान्त्रिकरण बामे सर्न थालेको थियो । मेसिनप्रति किसानको आकर्षण बढ्न थालेपछि कृषि प्राविधिक पनि वातावरण सुहाउँदो कृषि यन्त्र अनुसन्धानमा लागेका छन् ।

Nepali

 

यो बर्ष कृषि विकास मन्त्रालय अन्र्तगतको कृषि इञ्जिनियरिङ महाशाखाले ठुलो परिमाणमा कृषि उपज सुकाउन सकिने ‘ड्रायर हाउस’ र मकै रोप्ने सुधारिएको मेसिन ‘ज्याबसिडर’ तयार गरेको छ । यस्तै सुन्तलाको ग्रेडिङ गर्ने मेसिन, माछालाई दाना र हावा दिने तथा अदुवा पखाल्ने मेसिन पनि तयार हुँदैछन् । महाशाखाले कोदो चुट्ने र फल्ने, मकै छोडाउने, धान गोड्ने, कफिको बोक्रा छोडाउने र तरकारीको बिउ सफा गर्ने मेसिन निर्माण गरिसकेको छ । यसबाहेक, नेपालको खेतीप्रणाली सुहाउँदो बिदेशी मेशिनहरुकोे अनुसन्धान पनि भैरहेको महाशाखाका प्रमुख श्रीमत श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा कृषि उपज सुकाउनका लागि थोरै मात्र सुकाउन मिल्ने ड्रायर सोलार बढी प्रयोगमा छ । किसानले बढी उत्पादन लिइएको समय र विक्री नभएका बेला कृषि उपज सुकाएर भण्डारण गर्दछन् ।

खासगरी नेपालमा स्याउ, कफी, अदुवा लगायतका मसलाजन्य बालि, च्याउ, सिस्नुलाई विक्री नहुँदा बिग्रन नदिन ड्रायरमा सुकाएर राखिन्छ । किसानले ठुलो परिमाणमा सुकाउन मिल्ने ड्रायर मेसिनको माग गर्न थालेपछि झण्डै ३० हजार रुपैयाँ लगानीमा बनाउन सकिने ‘ड्रायर हाउस’ कृषि बैज्ञानिकले तयार गरेका हुन् । स्थानीय रुपमै सामग्रि जुटाएर बनाउन
सकिने भएकाले किसानलाई ठुलो राहत मिल्ने श्रेष्ठको भनाई छ ।

मकै रोप्ने ‘ज्याबसिडर’ नेपालमा किसानको पहुँचमा पुग्दा–नपुग्दै इष्टिमोरमा ५० वटा गैसकेको छ । मेसिनको राम्रो प्रभाव देखेपछि माग अरु बढ्ने संकेत देखिएको कृषि ईञ्जिनियरिङ्ग महाशाखाले जनाएको छ । नेपालको पहाडी भेगमा माटो बग्ने जमिन तथा थोरै खनजोत गर्नुपर्ने वा खनजोत गर्न अप्ठेरो जमिनलाई लक्षित गरि यो मेसिन तयार गरिएको हो । यो मेसिनले मकै रोप्दा रासायनिक मल पनि एकैपटक राख्न मिल्ने गरी तयार गरिएको छ ।

यहाँको मुख्य बाली भनेकै धान, मकै गहुँ र कोदो हो । त्यसैले नेपालका किसानलाई यी बाली लगाउँदा देखि भित्र्याउँदासम्म प्रयोगमा आउने मेसिन चाहिन्छ । नेपालमा गहुँ खेतीका लागि मात्रै बहुउपयोगी मेसिन भित्रिएको छ । अरु बालीका लागि लगाउँदा र भित्र्याउँदा महँगा पर्ने छुट्टाछुट्टै मेसिन प्रयोग गर्नुपर्छ । अहिले प्रयोगमा आएको धान रोप्ने मेसिन, गहुँ छर्ने र चुट्ने मेशिन, कोदो चुट्ने मेसिन, जोत्ने साना ठुला ट्रयाक्टर किसानकै पहलमा भित्रिएका हुन् । अरु देशमा कृषि यन्त्रको प्रयोग धेरै हुन्छ तर महंगा ती प्रविधिलाई सिधै नेपाल ल्याउन सकिन्न । त

र बिदेशका प्रविधि सिधै हाम्रो भु–बनोट सुहाँउदा पनि छैनन् । नेपालका कृषि बैज्ञानिकले त्यस्ता प्रविधिलाई यहीँको जमिन सुहाउँदो र स्वदेशमै निर्माण गर्नतर्फ अग्रसर हुनुपर्छ । जसका लागि सरकारले वातावरण तयार गर्नुपर्छ ।
उज्यालो नेटवर्क