केपी ओली ३८ औं प्रधानमन्त्रीमा निर्वाचित

यो समाचार 121 पटक पढिएको

काठमाडौ, २४ असोज /नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता खड्गप्रसाद (केपी) ओली ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

आइतबार व्यवस्थापिका संसदमा भएको मतदानमा ३३८ त प्राप्त गरी नयाँ प्रधानमन्त्रीको रुपमा चयन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । संसदमा उपस्थित कुल सदस्य संख्या ५८७ मध्ये उनको पक्षमा ३३८ मत परेको छ भने विपक्षमा २४९ मत परेको छ । सहमतिको सरकार बनाउनको लागी प्रमुख दलहरु एक ठाउँमा नआएपछि अन्तत बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री चयन गरिएको हो ।

ओलीको पक्षमा एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेकपा माले, नेमकिपाका, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, जनमुक्ति, परिवार दल, बहुजन शक्ति पार्टी, अखण्ड नेपाल, खुम्बुवान राष्ट्रिय मोर्चा , नेपा राष्ट्रिय पार्टी, जनजागरण नेपाल पार्टी, समाजवादी जनता पार्टी र मधेस समता पार्टीले मतदान गरे भने उनका प्रतिद्धन्दी सुशील कोइरालालाई काग्रेस, मधेसी मोर्चालगायतले अन्य सानादलहरुले मतदान गरे।

मंसीर ४ मा भएकोे संविधानसभा निर्वाचनमा ओलीले झापा–७ बाट विजयी भएका थिए । ओलीको जन्म २००७ साल फागुन ११ गते झापामा जन्मिएका ओली २०२२ सालदेखि कम्यूनिष्ट पार्टीबाट राजनीति सुरु गरेका हुन् । २०२६ सालमा पार्टी सदस्यता प्राप्त गरेका उनले २०२८ सालको झापा विद्रोहको नेतृत्व गर्ने नेताहरु मध्ये एक ओलीले १४ बर्ष जेल जीवन विताएका छन् । २०४८ सालको संसदीय चुनावमा झापा ६ बाट पहिलो पटक निर्वा्चित भएका ओली ०५१ मा पनि त्यहि क्षेत्रबाट निर्वाचित भइ अल्पमतको नेकपा एमाले सरकारमा गृहमन्त्री भएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा पनि झापा क्षेत्र नम्बर ६ बाट नै निर्वाचित भए ।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी झापा क्षेत्र नम्बर ७ बाट एकीकृत नेकपा माओवादीका विश्वदीप लिङदेन लिम्बुसँग पराजित भएका थिए । ओलीले १४ हजार ५ सय ५९ मत प्राप्त गर्दा लिम्बुले १६ हजार ९९ मत प्राप्त गरेका थिए थियो । २०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका ओली २०६३ मा उपप्रधान तथा परराष्ट्र मन्त्रि बनेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :