झापामा दुई अर्बको तरकारी बिक्री

यो समाचार 251 पटक पढिएको

झापा, २१ असोज /मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा परिचित बिर्तामोडस्थित कृषि उपज बजारमा आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब ९२ करोड ९१ लाख रूपैयाँको तरकारीको कारोबार भएको छ ।

Vegetable seedकृषि उपज बजारमा सात करोड १६ लाख ८३ हजार ५३२ किलो तरकारी बिक्री भएको हो । बिक्री भएको तरकारीमध्ये ८० प्रतिशत भारतवाट आयातीत तरकारी रहेको बताइएको छ । त्यस्तै आर्थिक वर्ष २०७०/७१ मा रु तीन अर्ब ४५ करोड ६८ लाख ६९ हजारको कारोबार भएको कषि उपज बजारमा सात करोड ५५ लाख ६० हजार ९२९ किलो तरकारीको किनवेच भएको कृषि उपज बजारकी तथ्याङ्क सहायक मायाकुमारी राजवंशीले बताए ।
आर्थिक वर्ष २०६९/७० मा रु सात अर्ब नौ करोड ७७ लाख ३६ हजारको कारोबार भएको थियो भने एक करोड नौ लाख ७४ हजार ३०५ किलो तरकारीको किनबेच भएको थियो । अघिल्लो आव २०७१/७२ मा सबैभन्दा बढी आलुको कारोबार भएको छ । सो अवधिमा तीन करोड ८३ लाख आठ हजार २०० किलो आलु बिक्री भएको छ । जसमा आलु मात्रै ८५ करोड ७३ लाख ७१ हजारबराबरको विक्री भएको छ ।

आव २०७०/७१ मा तीन करोड ७९ लाख २० हजार ३५ किलो बिक्री भएको थियो । एक अर्ब ८४ करोड ८६ लाख ७७ हजार ५५१ रकम बराबरको बिक्री भएको कार्यालयको तथ्याङ्मा उल्लेख छ । यसैगरी आव २०७१/७२ मा प्याज मात्रै रु ४८ करोड ८५ लाख ५९ हजारको बिक्री भएको छ भने एक करोड २८ लाख ५८ हजार ३५० किलो बिक्री वितरण भएको छ । कृषि उपज वजारमा आलु र प्याजपछि सवैभन्दा बढी कारोबार गोलभेँडा भएको देखिन्छ ।

१७ करोड २८ लाख ४२ हजार ५९८ को गोलभेँडा बिक्री भएको छ । सो अवधिमा ३४ लाख ८५ हजार २६५ किलो गोलभेँडा बिक्री भएको तथ्याङ्क छ । आव २०७१/७२ मा मूला ४ करोड दुई लाख ९५ हजारको १९ लाख ६६ हजार ३४० किलो बिक्री भएको छ । स्कुसको कारोबार भने सो अवधिमा रु एक करोड २१ लाख ७४ हजारको १२ लाख ७७ हजार २८० किलो बिक्री भएको छ । कारोबारको हिसाबले क्रमशः बन्दागोभी, काउली, भण्टा, बोडी, सिमी, तीते करोला, पर्बल, खुर्सानी, फर्सी, गाँजर, भिन्डी, तरुल, साग, लौका, सिम्ला बिक्री भएको तथ्याङ्कमा उल्लेख छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :