मधेसका किसान भन्छन् : गरिबमारा आन्दोलन चाहिँदैन

यो समाचार 233 पटक पढिएको

कप्तानगन्ज (सुनसरी) , २० असोज /पचपन्न दिनदेखिको तराईका २२ जिल्ला बन्दको मार प्रत्यक्षरुपमा मधेसका गरिव र मेहनती किसानमा परेको छ ।

Farmernewsagro.comतराई बन्दका कारण मधेसका किसानले आफ्नो खेतबारीमा लगाएको फलफूल र सागसब्जी कुहिन थालेपछि उनीहरु चिन्तित बनेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दका कारण सुनसरीको दक्षिणी क्षेत्रका किसानहरुले लगाएको नगदेबाली केरा, फलफूल र तरकारी बेच्न नपाएपछि मधेसका किसानहरु दशैँको मुखमा चिन्तित बनेका हुन् । मधेस आन्दोलनले मधेसकै गरिब किसानलाई सबैभन्दा ठुलो असर पुर्‍याएको किसानहरुको भनाइ छ ।

मधेसका गरिव किसानले जमिन ठेक्कामा लिएर लगाएको र रोपेको फलफूल र सागसब्जी खेतमै कुहिन थालेपछि मधेस आन्दोलनको खुलेर विरोध गर्न थालेका हुन् । मधेसका किसानहरुले मधेस आन्दोलनलाई गरिबमारा आन्दोलनको संज्ञा दिन थालेका छन् । ६ विघा जमिन ठेक्कामा लिएर लगाएको केरा खेतीबाट साुहको ऋण तिरी परिवार पाल्ने आश बोकेका सुनसरीे बबिया– ८ का किसान बलराम मेहेता यतिबेला पाकेको केरा खेतमा कुहिँदा अत्यन्तै चिन्तित भएका छन् ।

‘खेतमा पहेलपुर केरा पाकीसकेका छन्’, उनले भने, ‘केरा खरिद गर्ने व्यापारी आउन छाडेपछि पाकेका केरा खेतमै कुहिन थालिसके ।’ ‘बन्दकर्ताहरुले हाम्रो मागलाई कहिल्यै हेरेका छैनन्’, सुनसरीको राजगन्ज सिनुवारीका किसान महेश्यवरप्रसाद यादवले भने, ‘यो मधेसका गरिब किसानमारा आन्दोलन तत्काल स्थगित गर्नुपर्छ ।’ अब मधेस आन्दोलनविरुद्ध मधेसकै जनता उत्रने बेला आएको उनको भनाइ छ । मधेस आन्दोलनले सबैभन्दा मार मधेसकै जनतालाई पर्न गएको पनि उनको गुनासो छ ।

साहुको ऋण गरेर लगाएको केरा खेतीमा मधेस बन्दका कारण सयौँ मेट्रिक टन केरा पाकेर खेतमै कुहिन थालेको गौतमपुरका किसान भगिरथ यादवले बताए । ‘बन्दका कारण हजाराँै विघा जमिनमा लगाएका पाकेर पनि बेच्न पाएको छैन,’ आखाँभरी आँसु बनाउँदै यादवले भने, ‘यो किसानमारा मधेस आन्दोलनको कुनै अर्थ छैन ।’ उनले आफ्नो देशको समस्या राजनैतिक छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा भारतको इसारामा नेताहरुले मधेस आन्दोलन चर्काएको भन्दै आक्रोश पोखेका छन् ।

त्यस्तै कप्तानगन्ज गाविसका किसान उमेश मेहताले पनि अधिकार प्राप्तीको आन्दोलन भारतको इसारामा चल्नु अत्यन्तै गलत भएको बताए । ‘सबै मधेसी जनतालाई यतिबेला अधिकार चाहिएको छ’, उनले भने, ‘तर बन्द हड्ताल गरी भारतसँग मागेर जनताले अधिकार पाउनेवाला छैनन् ।’ उनले मधेसी जनताका अधिकार आफनै देशमा राजनैतिक सहमति गरी सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन् । कप्तानगन्जकै मोहमद रियाज मन्सुरीले पनि गरिव किसानले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका बेला बन्दका कारण कलकालखाना, उद्योगधन्दा ठप्प हुँदा मजदुरहरुको रोजिरोटी नै खोसिएको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :