सामान्य धनियाँमा पनि मुलुक परनिर्भर

यो समाचार 269 पटक पढिएको

काठमाडौं, २० असोज / नेपालमा धनियाँ फस्टाउँछ कि फस्टाउँदैनरु मज्जाले फस्टाउँछ, जो हामीले हरेक करेसाबारीमा देखिरहेका छौं। आफ्नै करेसाबारीमा फल्ने धनियाँको लागि किन अर्काको मुख ताक्नेरु यो प्रश्न प्रत्येक नेपाली सामु तेर्सिएको छ, यतिबेला।

Dhaniyaनेपालले विदेशबाट आयात गर्ने वस्तुको लामो सूचीमा धनियाँ पनि छ। धनियाँ आयातमा बाहिरिने रकम त्यत्ति ठूलो नभए पनि हामी कति परनिर्भर छौं भन्ने प्रस्ट्याउन यो काफी छ। आफ्नै करेसाबारीमा सानो मेहनतले फल्ने धनियाँमा त आत्मनिर्भर हुन सक्दैनौं भने ठुल्ठूला उत्पादनमा के आशा गर्ने ? व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार भारत र तेस्रो मुलुकबाट नेपालमा धनियाँ र यसको बिउ आयात भएको छ। केन्द्रको आर्थिक वर्ष २०७१/०७२ को अभिलेखमा ४२ करोड ५३ लाख ७३ हजार ३ सय ७५ रुपैयाँको धनियाँ बिउ र टुक्र्याइएको धनियाँ आयात भएको छ।

अन्य सामान जस्तै नेपालले धनियाँ आयात गर्ने प्रमुख देश भारत हो। सात समुद्रपारिका बुल्गेरिया र अर्जेन्टिनाबाट पनि आयात भएको तथ्यांक छ। ‘भारत, बुल्गेरिया र अर्जेन्टिनाबाट धनियाँको बीउ आयात गरिएको छ,’ केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले भने, ‘४२ करोड ५३ लाखभन्दा धेरै मूल्यको आयात भएको छ।’ भारतबाट ‘धनियाँको बिउ’ शीर्षकमा ९ हजार ९ सय ३१ केजी ल्याइएको छ। जसको मूल्य १६ लाख ९१ हजार रुपैयाँ बराबर छ।

अर्को शीर्षकमा पनि धनियाँ आयात भएको छ। धनियाँको बिउ (नपिसेको दाना) शीर्षकमा ३९ करोड ३६ लाख ७ हजार ३ सय ४४ रुपैयाँको आयात भएको छ। यो शीर्षकको धनियाँ भारतबाट ३८ करोड ७९ लाख ७६ हजार ३ सय ४० रुपैयाँको र बुल्गेरियाबाट २३ लाख ९१ हजार रुपैयाँको ल्याइएको छ। यो शीर्षकको धनियाँ उत्पादन गरेर कच्चा पदार्थको रुपमा सिधै ल्याइएको हो। यसरी नेपालमा ल्याएपछि दुई टुक्रा बनाएर बिउ बनाउने, मसलाको रुपमा पिस्ने गरिन्छ।

टुक्र्याइएको धनियाँ बिउ शीर्षकमा ३ करोड ३३ लाख १५ हजार रुपैयाँको आयात भएको छ। जसमा भारतबाट २ करोड ९२ लाख ५० हजार ९ सय २३ को ल्याइएको छ। अर्जेन्टिनाबाट ४० लाख ६४ हजार ९० रुपैयाँको ल्याइएको छ। यो शीर्षकको टुक्र्याइएको धनियाँमा २२ लाख ७ हजार ९ सय ६४ केजी आएको छ। यसमध्ये भारतबाट १ लाख ८७ हजार ९ सय ६४ केजी र अर्जेन्टिनाबाट ४० हजार केजी आएको छ। केही अघिसम्म स्वदेशी उत्पादनले नै धानेको थियो। तर अहिले यसमा हामी विस्तारै परनिर्भर हुँदै गएका छौं।

बिउ धनियाँ बारीमा रोपेर पात प्रयोग गरिन्छ। त्यसबाट बिउ बनाउन पनि सकिन्छ भन्ने हेक्का राखिँदैन। कृषि विज्ञका अनुसार धनियाँको बिउ उत्पादन गर्न सजिलो छ। कुनै प्रविधि र कुशलता चाहिँदैन। गाउँघरमा अहिले पनि धनियाँको बिउ स–सानो परिमाणमा उत्पादन भइरहेको छ। यसलाई अलि ठूलो परिमाणमा खेती गर्ने हो भने देशबाट हरेक वर्ष बाहिरिने ४२ करोडभन्दा धेरै रकम रोक्न सकिन्छ। कषि विज्ञ कृष्ण पौडेलले देशभित्रका रैथाने उत्पादन घट्दै जाँदा आयात बढ्दै गएको बताए। ‘अर्थतन्त्रमा माइनर क्रप्स (अल्पमत बाली) को योगदानलाई पनि बिर्सनु हुँदैन,’ पौडेलले भने, ‘यी स्थानीय तहमा आर्थिक स्रोत बन्न सक्छन्।’

उनका अनुसार नेपालको भौगोलिक र जैविक विविधताले गर्दा ४० देखि ५० वटा औषधीजन्य मसला उत्पादन गर्न सकिन्छ। चिसो हावापानीमा यस्ता बाली फस्टाउँछन्। औषधीजन्य मसला समूहमा धनिया, मेथी, ज्वानो, चम्सुर, तिल, सर्स्युं लगायत पर्छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :