डिडिसीमा पर्व छुट

यो समाचार 306 पटक पढिएको

काठमाडौं, २० असोज / दुग्ध विकास संस्थान ९डिडिसी० आउँदो दसैंतिहार तथा छठ पर्व अवसर पारेर डिडिसी घिउमा २० रुपैयाँ प्रतिलिटर छुट दिने भएको छ ।

DDC Milk,Newsagroअसोज १५ देखि मंसिर २ सम्म रहने योजनाअन्तर्गत डिडिसीले डिडिसी घिउ २० प्रतिलिटर छुट दिई ७ सय प्रतिलिटर (पाउच) र ७ सय ३० प्रतिलिटर (जार) मा बिक्री केन्द्रबाट बिक्रीवितरण भइरहेको जनाएको छ । त्यस्तै फ्रेस मिल्क तथा लस्सीमा समेत ५ रुपैयाँ प्रतिबोटल छुट गरिएको कम्पनीले बताएको छ । कम्पनीका हाल काठमाडौं उपत्यकाभित्र लैनचौर, न्युरोड र खुमलटारमा बिक्री केन्द्र सञ्चालनमा छन् । उपत्यकाबाहिर आयोजनाका बिक्री केन्द्रमा पनि छुट योजना लागू हुने कम्पनीको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :