स्याउ उत्पादनमा वृद्धि

यो समाचार 138 पटक पढिएको

पोखरा, २० असोज /मनाङ जिल्लामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ ।

स्याउको फुल लफुल्ने बेलामा अनुकूल मौसम भएकोले यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मनाङका वागवानी अधिकृत रामचन्द्र सेढाईले बताए । जिल्लामा यस वर्ष ७३९ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ६७२ मेट्रिकटन मात्रै स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउको बिक्रीबाट कृषकले झण्डै २ करोड भन्दाबढी कमाई गर्ने वागवानी अधिकृत सेढाइले जानकारी दिए ।

मनाङ्मा उत्पादित अधिकाङ्श स्याउ आन्तरिकरुपमा नै खपत हुने गर्दछ । उत्पादित अधिकांश स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै किन्ने गर्दछन् भने केही मात्रामा लमजुङ्गको वेशीशहर र काठमाडौँमा विक्रीका लागि पठाइने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा २०० हेक्टर क्षेत्रमा स्याउ लगाइएको छ । जिल्लाका १३ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुनेगर्दछ भने विकट नार र फु गाविसमा भने स्याउ खेती गरिदैन । एक/दुई वर्षपछि जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरीहरु बनाउन सुरुवात गरिएको छ । यस अघि वैतडी, जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :