“मोनसान्टोको उत्पादन आत्महत्याको बीउ”

यो समाचार 150 पटक पढिएको

काठमाडौं, पुस ८ \ वंशाणुगत गुण परिवर्तित बीउबिजनलाई प्रसिद्ध भारतीय वातावरणविद् वन्दना शिवले आत्महत्याको बीउ भन्दै अन्तर्राष्ट्रिय व्यापारिक समूहहरूले खुला व्यापारका नाममा पृथ्वी र सम्पूर्ण मानव जातिको स्वतन्त्रता हनन गर्न खोजेको बताएकी छन्।

सोसल साइन्स बहाद्वारा आइतबार काठमाडौंमा आयोजित महेशचन्द्र रेग्मी लेक्चर २०१३ मा बोल्ने क्रममा अन्तर्राष्ट्रिय कम्पनीहरूको कडा आलोचना गर्दै उनले भारतमा विगत एक दशकमा भएका कृषकको आत्महत्याको मुख्य कारकका रूपमा संसारको ठूलो बीउबिजन कम्पनी मोनसान्टोलाई प्रस्तुत गरिन्।
Siva

“सन् १९९५ यता भारतमा दुई लाख ८४ हजारभन्दा बढी किसानले आत्महत्या गरेका छन्”, वातावरणका विषयमा अनगिन्ती लेख लेखेकी शिवाले भनिन्, “मोनसान्टोको नाफा बढ्दै जाँदा किसानको ऋण पनि बढ्दै गएको छ यसर्थ मोनसान्टोका बीउ भनेका आत्महत्याका बिज हुन्।”

शिवाले वंशाणुगत गुण परिवर्तन प्रविधि ठूला कम्पनीहरूले बीउबिजनहरूमा एकाधिकार जमाउँदै कृषकले परम्परागत रूपमा गर्दै आएको बीउ जोगाउने र साट्ने चलनलाई निर्मूल पार्न निकालेको रणनीतिका रूपमा चित्रित गरिन्।

“त्यो रणनीतिको प्रभाव भारतको कपास उत्पादन केन्द्रका रूपमा चिनिने स्थानमा परेको छु, ” १९९३ मा वैकल्पिक नोबेल शान्ति पुरस्कारका रूपमा चिनिने राइट लाइभ्लिहुड अवार्ड प्राप्त गरेकी शिवाले भनिन्, “जहाँ बढ्दो रूपमा आत्महत्यामात्रै होइन, बीउबिजनको आपूर्ति पनि कृषक र सार्वजनिक व्यवस्थाबाट मोनसान्टोजस्ता कम्पनीको हातमा पुगेको छ।”

शिवाले भारतमा कपासको बीउबिजनको बजारमा ९५ प्रतिशत नियन्त्रण रहेको र गएको १० वर्षमा बीउको मूल्य आठ हजार प्रतिशतले बढेको भन्दै वंशाणु विज्ञान जेनेटिक इन्जिनियरिङु ले उत्पादन बढाउन र कीरा वा रोग नियन्त्रण गर्न असफल भएको बताइन्। उनले वंशाणुगत गुण परिवर्तनलाई वंशाणुगत प्रदूषणको संज्ञासमेत दिइन्।
“पेटेन्ट दर्ता र वंशाणुगत प्रदूषणको अर्थ समाजले द्रुत गतिमा गुमाउँदै गरेको बीउबिजन स्वतन्त्रता र खाद्य स्वतन्त्रता हो”, शिवाले भनिन्। उनले बीउबिजन स्वतन्त्रतालाई कृषकले एकआपसमा आफ्ना बीउबिजन स्वतन्त्ररूपमा जोगाउन र साट्न पाउने एवं बीउबिजनको हराउने र वंशाणुगत रूमा प्रदूषित नभई जीवित र स्वव्यवस्थित रूमा भविष्यसम्म रहन पाउने अधिकारका रूपमा बुझाइन्।

मोनसान्टोले विश्व व्यापार संघ ९डब्लूटीओ० को व्यापार सान्दर्भिक बौद्धिक सम्पत्ति अधिकार सम्झौता ९ट्रिप्स० को खेस्रा कोरेको स्वीकारोक्तिलाई उल्लेख गर्दै शिवाले ठूला व्यापारिक संस्थाहरूले आफ्नो फाइदाका लागि लेखेको डब्लूटीओ नियमहरूलाई भूमण्डलीकरणको मुटु भन्दै शिवाले यसले मानिसको बीउबिजन र खाद्य स्वतन्त्रतालाई तोडेर बजार स्थापना गर्ने लक्ष्य लिएको बताइन्।

खुला व्यापार ठूला कम्पनीहरूले अन्तिम इन्च जग्गा, अन्तिम थोपा पानी, अन्तिम बीउ र अन्तिम मुठी खानासमेतलाई बेचबिखनको सामान बनाउन र निजीकरण गर्न लेखेका नियम हुन्”, शिवाले भनिन्। उनले सबैलाई कृषक, स्वास्थ्य र वातावरण पूर्णरूपमा फ्याँकिन दिनुअगाडि बीउबिजन स्वतन्त्रता जोगाउनतर्फ लाग्न अनुरोध गरिन ।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :