मासु जांच ऐन कार्यान्वयनमा ल्याइएको दाबी

यो समाचार 132 पटक पढिएको

काठमाडौं, २० असोज / सरकारले पशुवधशाला तथा मासु जाँच ऐन यसैवर्षदेखि कार्यान्वयनमा ल्याएको छ ।
pashauuuऐन तर्जुमा भए पनि लामो समयसम्म कार्यान्वयनमा आउन नसकेको भन्दै कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराइले चालु आर्थिक वर्षभित्रै ऐन कार्यान्वयनमा ल्याइछाड्ने प्रतिवद्धता जनाएका हुन् । काठमाडौंबाटै कार्यान्वयन सुरु गर्ने प्रयास असफल भएको भन्दै अन्य नगरपालिकाबाटै भएपनि यसवर्ष कार्यान्वयन गरिने उनले बताए । प्रथम पशुसेवा विभाग स्थापना दिवस तथा विश्व पशुपक्षी दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सचिव भट्टराइले ऐन कार्यान्वयनका लागि सम्वद्ध निकायका कर्मचारीलाई निर्देशनसमेत दिए

 ऐन कार्यान्वयन चुनौतीपूर्ण भएपनि जोखिमदेखि डराउनु नहुने भन्दै पशु अधिकारको संरक्षणका लागि पनि ऐन कार्यान्वयन आवश्यक रहेको बताए । पशुसेवा विभागका महानिर्देशक डा केशवप्रसाद प्रेमीले विभागले दुध तथा मासुमा आत्मनिर्भर बन्नका लागि दर्जनौ कार्यक्रमहरु अघि बढाएको बताए । उनले पशुजन्य पदार्थको बजारीकरणलाई व्यवस्थित र जनस्वास्थ्यको सम्वद्र्धन गर्न निजी सरकारी साझेदारीमा पशुवधशालाहरुको स्थापना तथा सञ्चालन कार्य भइरहेको बताए ।

पशुवस्तुको उचित मूल्य किसानको घरदैलोसम्म पुरयाउन सवल बजार सूचना प्रणालीको स्थापनाको प्रयास भइरहेको उनले जानकारी दिए । पशु उत्पादन निर्देशनालयबाट घाँसमा आधारित दुध उत्पादनलाई वढावा दिन पशु आहारा विकास राष्टिय अभियान, पशुपालनमा यान्त्रिकीकरणमा प्रवद्र्धनका लागि मिल्किङ मेसिन तथा हाइड्रोपोनिक्स मेसिन खरिदमा ठूला व्यवसायीलाई अनुदान, भूकम्पप्रभावित जिल्लाहरुमा खाद्य तथा पोषण सुरक्षाका लागि गाइ खरिदमा अनुदान तथा गाइपालन अनुदान, बाख्रा तथा बंगुर व्यवसाय प्रवद्धृनका लागि अभियानमुखी रहेको उनको भनाइ थियो । सो अवसरमा पशु सेवा विभागका उपमहानिर्देशक डा विजयकान्त झाले पशुपलापलनका लागि युवा लक्षित कार्यक्रमकाबारेमा चर्चा गरेका थिए । विभागले पहिलोपटका पूर्व महानिर्देशकहरुलाई एकै ठाउँमा जमघट गएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :