किसानलाई अनुदानमा आधुनिक हलो सहयोग

यो समाचार 390 पटक पढिएको

म्याग्दी, १८ असोज/ म्याग्दीका किसानलाई सहुलियत दरमा आधुनिक हलो पावर टेलर तथा मिनी टेलर अनुदानमा वितरण गरिएको छ ।

Haloजिल्ला कृषि विकास कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७०/०७१ र २०७१/०७२ मा गरी किसानलाई ६४ वटा आधुनिक हलो अनुदानमा वितरण गरेको हो । आर्थिक वर्ष २०७०/०७१ मा एउटा पावर टेलर र २१ वटा मिनी टेलर ५० प्रतिशत अनुदानमा सहयोग वितरण गरिएको थियो । गएको आर्थिक वर्षमा दुई वटा पावर टेलर र ४० वटा मिनी टेलर हलो सहुलियतमा किसानलाई उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । ती मध्ये ३१ वटा ३० प्रतिशत र ११ वटा ५० प्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयका प्राविधिक सहायक रमेश खड्काले बताउनुभयो । ५० प्रतिशत अनुदानमा लैजाने किसानले एउटा हलोको ३७ हजार र ३० प्रतिशत अनुदानमा लैजानेले एउटा हलोको ५२ हजार रुपैयाँ तिरेको उहाँले बताउनुभयो ।

उत्पादन लागत कम, समयको बचत, सहजै प्रविधिको उपयोग गर्न सकिने भएकाले आधुनिक मेसिनको प्रयोग गरी खेती किसानी गर्ने किसानको संख्या वर्षेनी बढ्दै गएको म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले बताउनुभयो । जिल्लाको रत्नेचौर, बगरफाँट, अर्थुङ्गे, घतान, राखुपिप्ले, भूरुङ–तातोपानी, सिङ्गा, बाबियाचौर, दरबाङ र ताकमलगायतका समथर भू–भाग भएका क्षेत्रमा आधुनिक मेसिनको प्रयोग गरी किसानले खेतीबाली लगाएका छन् । अहिले म्याग्दीमा व्यक्तिगत र सामुहिक गरी एक सय ५० वटा भन्दाबढी मेसिन प्रयोगमा रहेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :