यस्ता छन् सिस्नोका उपयोगिता

यो समाचार 294 पटक पढिएको

  • भेषराज खड्का

उदयपुर, ७ पुष \उदयपुरको उच्च पहाडी भेगमा पाइने बहुउपयोगी औषधी सिस्नु प्रवद्र्धनका लागि सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने सिस्नुलाई प्रर्वद्धन गर्न सके जिल्लाकै पहिचान बन्ने उनीहरुले साझा धारणा व्यक्त गरेका छन् ।Sisnu

एक्सनएड नेपालको सहयोगमा चेलीबेटी क्लव उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको सिस्नु, पाउडर प्रर्दशनी तथा अन्तरक्रियामा कृषकहरुले वजारीकरणको अभाव भएको गुनासो गरेपछि सहभागि सरोकारवाला निकायहरुले यस्तो धारणा व्यक्त गरेका हुन ।

सहभागीहरुले जंगल क्षेत्रमा निर्भर नभई व्यवसायिक रुपमा आफ्नै वारीमा उत्पादन गर्न सुझाब दिँदै कृषि बिज्ञसँग प्राविधिक ज्ञान लिएर उत्पादनका लागि जोड दिन आग्रह गरे । व्यवासायिक रुपमा लगाउन सके गरिवि निवारण, आत्मनिर्भरता, जिविकोपार्जनमा टेवा पुग्ने भन्दै उनीहरुले यसको दिगो व्यवस्थापनका लागि सबैभन्दा पहिला क्षेत्र निर्धारणको आवश्यकता पर्ने औल्याए ।

उत्पादनसँगै वजारीकरणका लागि आवश्यक नीति निर्माण गरी प्रचारप्रसार, अभियानहरु सञ्चालन गर्नु पर्ने उनीहरुले बताएका छन् । धेरै मानिसहरुले यसको महत्व नबुझ्दा अझै पनि गाइ, भैसीलाई खोले खुवाउने, किन किन्ने यसको फाईदा के छ भन्ने खालका तर्क गर्ने भएकाले प्रचारप्रसारसँगै जनचेतनाको बृद्धि विकास गर्नु पर्नेमा सहभागिहरुको जोड थियो ।

कार्यक्रममा सहभागि घरेलु विकास समिति, जिल्ला कृषि बिकास, वन लगायतका कार्यालय र संघसंस्थाका प्रतिनिधिहरुले आधिकारिक दर्ता भएर व्यवसायिक रुपमै लैजाने हो भने आफुहरुले सहयोग गर्न सक्ने बताए । व्यवसायिक ढंगले अगाडी बढ्ने हो भने प्राविधिक ज्ञान, विरुवा, नगद, मेशिन अनुदान र अन्य बार्षिक कार्यक्रमबाटै सहयोग गर्न सकिने ती कार्यालयका प्रतिनिधिहरुले बताए ।

जिल्लाको विकट क्षेत्र रौता, पोखरी, आँपटार, खाँबु लगायतका क्षेत्रमा उत्पादित सिस्नुलाई व्यवासायिक र वजारीकरणका लागि सन २०१२ देखि एक्सनएड नेपाल र चेलीबेटी क्लव उदयपुरले स्थानीय अधिकारमुखी कार्यक्रममार्फत सहयोग गर्दै आएका छन् । सोही अनुसार स्थानीय कृषकहरुले लेकाली महिला समुह रौता ४ गठन गरी एकता महिला समुह त्रिनपा १ बोक्सेसँग सम्झौता गरी बजार प्रर्वद्धन गर्दै आएको संस्थाका कार्यक्रम संयोजक गेसबहादुर आले मगरले जानकारी दिए ।

कृषकहरुले टिपेर ल्याएको काँचो सिस्नु सुकाएर मेशीनबाट पिसान गर्ने गरिएको छ । पीसानपछि प्याकिगं गरिएपछि सिस्नु बिक्रीका लागि तयार हुने गर्दछ । यसरी उत्पादित सिस्नु बजारमा प्रतिकेजी ५ सय रुपैयाँका दरले बिक्री हुँदै आएको लेकाली महिला समुहका सदस्य देविका मगरले बताए ।

सिस्नु बिषेशगरी उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाईसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्र रोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाचिँएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने बिरामीका लागि प्रयोग गर्न सकिने आयुवेर्दिक स्वास्थ्यकर्मीहरु बताउछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :