तीन महिना पुग्ने गरी ‘टन्न’ खाद्यान्न मौज्दात

यो समाचार 172 पटक पढिएको

काठमाडौं / सरकारले आगामी तीन महिनाका लागि ‘टन्न’ खाद्यान्न मौज्दात रहेको दावी गरेको छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल जस्तो सुकै बन्द हडताल भएपनि आसन्न दसैं तिहारसहित आगामी तीन महिनासम्म कुनै पनि खाद्य पदार्थको अभाव नहुने जनाएको छ । मन्त्रालयले सरोकारवाला निकायलाई डाकेर आपूर्तिसम्बन्धमा गरेको छलफल पश्चात् आगामी तीन महिनालाई पुग्ने गरी पर्याप्त मात्रामा खाद्यान्न, नुन र चिनी मौज्दात रहेको निश्कर्ष निकालेको छ । छलफलकम नेपाल उद्योग बाणिज्य संघ, नेपाल थोक व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ, नेपाल खाद्य संस्थानलगायतका सरोकारवाला निकायका पदाधिकारी सहभागी थिए ।

मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेकाअनुसार आगामी तीन महिनासम्म पुग्ने गरी बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जानकारी दिए । उनले नजिकिंदै गएको दसैं र तिहारमा खाद्यान्नको कुनै पनि प्रकारले अभाव नहुने बताए । तर मन्त्रालय र नीजि क्षेत्रले भने कति परिमाणमा खाद्यान्न मौज्दात छ भनेर कुनै तथ्याँंक उपलब्ध गराउन मानेनन् । सरोकारवाला निकायले उपत्यकामा दैनिक कति परिमाणमा माग छ र मागअनुसार कति मौज्दात छ भन्ने बारेमा कुनै यकिन तथ्याँंक राख्न सकेका छैंन् ।


कुन निकायसँंग के के मौज्दात छ ?

नेपाल खाद्य संस्थान

खाद्य बस्तु                                                परिमाण(क्वीन्टल)

चामल                                                             २, ९४०००

गहुँं                                                                  ४४,९००

फापर                                                              ८०,०००

गेडागुडी                                                           ११०

साल्ट ट्रेडिङ्ग कर्पोरेशन

खाद्य बस्तु                                              परिमाण(क्वीन्टल)

नुन                                                              १,२०,०००

चिनी                                                           ११,३००००

स्रोत : खाद्य संस्थान र साल्ट ट्रेडिङ्ग कर्पोरेशन


‘भूइचालोजस्तो समयमा पनि हामीसँंग ६ महिनासम्म पुग्ने गरी खाद्यान्न पदार्थ मौज्दात राखेका थियौं,’ प्रवक्ता घिमिरेले भने,‘अहिले करिब ४० दिनदेखि तराई मधेश बन्द भइरहेको अवस्थामा पनि कुनै पनि प्रकारको खाद्यान्नको अभाव देखिएको छैंन् । यस्तै बन्द रहिरह्यो भने पनि हामीसँग तीन महिना पुग्ने गरी टन्नै मौज्दात छ । हामीलाई कुनै समस्या हुँंदैंन् ।’

मन्त्रालयकाअनुसार आगामी तीन महिना पुग्ने गरी चामल, दाल र गेडागुडी पर्याप्त परिमाणमा मौज्दात छ । यसैगरी नुन नौं महिनालाई पुग्ने गरी छ । त्यसैगरी चिनी पनि तीन महिनालाई पुग्ने गरी छ । ‘बन्दको समयमा पनि सुरक्षाकर्मीको स्कटिङ्गको सहयोगमा थोरथोरै भएपनि खाद्यान्न आपूर्ति भइरहेकाले कुनै अभाव हुँंदैन् ।’ उनकाअनुसार सरकारी संस्थानभन्दा नीजि क्षेत्रसँंग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात भएकाले सर्वसाधारणले कुनै अभाव व्यहोर्न नपर्ने जानकारी दिए ।

नेपाल खाद्य संस्थानसँंग पनि आवश्यक परिमाणमा चामल, गहुँं, स्वदेशी फापर र गेडागुडी मौज्दात छ । संस्थानका प्रवक्ता श्रीमणिराज खनालकाअनुसार संस्थानसँंग अहिले चार लाख १९ हजार १० क्वीन्टल खाद्यान्न मौंज्दात छ ।

यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँंग अहिले एक लाख २० हजार क्वीन्टल चिनी र ११ लाख ३० हजार क्वीन्टल नुन मौज्दात छ । ‘हामीसँंग रहेको चिनी आगामी दसैं तिहारको सुपथ मूल्य पसललाई पनि पर्याप्त हुन्छ, त्यसवाहेक चिनी आगामी तीन महिनासम्म पुग्ने अवस्थामा छ । नुन पनि आठ महिनाभन्दा बढीलाई पुग्ने गरी मौज्दात छ, ’ साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नुन बिभागका प्रमुख कुमार राजभण्डारीले भने । उनकाअनुसार देशभर भने असोजमा मात्रै २५ हजार क्वीन्टलको माग हुन्छ ।

नीजि क्षेत्रसँंग कति परिमाणमा कुन कुन खाद्यान्न मौंज्दात छ भन्नेबारेमा थोक व्यापार संघका अध्यक्ष देवेन्द्र भट्टले भने कुनै जानकारी दिन मानेनन् । उनले भने,‘सरकारसँंग बास्तविक तथ्याँक छैंन भने हामीसँग कहाँंबाट हुनु ।’ नेपालमा सबै बस्तु बैद्य रुपमा नआएकाले यकिन तथ्याँक भन्न नसकिने उनले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :