नार्कमा एमाले कार्यकर्ता किन फालिए ?

यो समाचार 272 पटक पढिएको

काठमाडौँ, १४ असोज / नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा ठूलो संख्यामा कर्मचारी भर्ती गरे पनि एमाले कार्यकर्ता हिस्स भएका छन् ।

Nark-1पूर्व कृषिमन्त्री हरि पराजुली र कृषि मन्त्रालयको समेत कार्यभार सम्हालेका गृहमन्त्री वामदेव गौतमपत्नी तुलसा थापा गौतमले पैसाको चलखेल गरी बाहिरी मान्छे व्यापक रूपमा भर्ना गर्दा आफूहरू हिस्स परेको एमाले कार्यकर्ताले बताउने गरेका छन् । वामदेवकै मातहतमा रहेको कृषि मन्त्रालयमा त्यत्रो संख्यामा कर्मचारी माग भएकोमा जागिर पक्का हुने आशा गरेर धेरै बर्दियालीले फर्म भरे पनि बर्दियाका कसैले मौका नपाएपछि पैसाकै चलखेलका कारण यस्तो भएको रहस्य खुलेको हो । आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्तास“ग पैसा खान नमिल्ने र खाइहालेमा पनि बाहिर पोल खोल्ने डरले पैसा पनि नलिएको र कसैको काम पनि नगरिदिएको एक बर्दियाली कार्यकर्ताले बताए ।

बुझिए अनुसार एक सहायक पदका लागि कम्तीमा ३ लाखदेखि ५ लाखसम्म रकम उठाएको बुझिएको छ । सहायक तहका लागि १ सय २५ जनाको आवेदन मागिएको थियो, त्यसमा ७२ जना खुला कोटा थियो भने बा“की आरक्षण । सहायकहरूका लागि मौखिम अन्तर्वार्ता मात्र गराएर परीक्षा लिइएको थियो । त्यसमा पैसा लिइसकेको तर नम्बर कम आएकाहरूलाई रातारात फेरि अर्को परीक्षा लिएर पास गराइएको नार्क स्रोतले बतायो ।

एमालेनिकट नवीन पौडेल नै अहिले नार्कमा सहसचिव छन् । उनले गर्नैपर्ने केही कर्मचारीलाई भने विशेष व्यवस्था गरेर परीक्षा लिन लगाएको र पास गराएको बुझिएको छ । हरि पराजुलीलाई दर्ता नम्बर टिपाउनेहरूले गुनासो गर्दा उनले मन्त्रालयबाट सिफारिस गरिएकाहरू एक जनाको पनि नाम ननिकालिएको भन्दै पन्छिने गरेका छन् । तर, मन्त्रालयबाटै पठाइएको लिस्टमा बर्दियाली एमाले कार्यकर्ताहरूको नाम नै समावेश नगरिएको बुझिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :