लिने हैंन त्, गाईरभैंसी फार्म व्यवस्थापन गर्न अनुदान !

यो समाचार 404 पटक पढिएको

काठमाडौं, १३ असोज / सरकारले गाईभैसी फार्म व्यवस्थापनसम्बन्धि अनुदान आवेदन खुल्ला गरेको छ ।

Milk Board 2

कृषि विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्घ विकास वोर्डले चालु आर्थिक बर्ष २०७२/७३ मा व्यवसायिक पशु पालन (गाई/भैंसी) फार्म व्यवस्थापनको लागि अनुदान दिने तयारी गरेको छ । सोही कार्यका लागि अनुदान आवेदन खुल्ला गरेको । वोर्डद्धारा जारी विज्ञप्तीअनुसार निजी फार्म तथा सहकारी फार्मको सहकार्यमा दुधालु पशुपालन प्रवद्र्धन कार्यक्रम संचालन गर्न प्रस्ताव आव्हान गरिएको छ ।

अनुदान रकम गोठ निर्माण सुधार कार्यक्रम अन्र्तगत पोसिलो हरियो घाँस उत्पादन तथा सिचाई व्यवस्थापन र पाडी, बाच्छी तथा कोरेलीहरुसंकलन गरी हुर्काउने कार्यक्रमका लागी प्रयोग गर्न सकिने । यो कार्यक्रम मार्फत नेपालभरका ५० जना व्यवसायिक कृषक, फार्म तथा सहकारी संस्थाहरुको लागी प्रति कृषक, फार्म, संस्थाले एक लाख रुपैयांसम्म मात्र अनुदान रकम प्रदान गरीने छ ।

प्रस्ताव पेस गर्दा आफुले रोजेको प्रायोजकको व्यवसायिक योजना अनिवार्य पेश गर्नुपर्नेछ । व्यवसायिक पशु पालन गाई , भैसी फार्म व्यवस्थापनको लागि अनुदान कार्यविधि, २०७१ को अनुसुचि २ बमोजिमको निवेदनको साथमा सोही कार्यविधिको अनुसुचि ३ बमोजिमको आयोजना प्रस्ताव र अनुसुचि ४ अनुसारको सम्बन्धित जिल्ला पशु सेवा कार्यलयको सिफरिस समेत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । उपरोक्त ढाँचा अनुसार नआएका प्रस्तावहरुलाई मुल्याङकनका लागी आवश्यक समावेश गरिने छैन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :