नाकाबन्दी भएपनि तरकारीमा नेपाल आत्मनिर्भर

यो समाचार 232 पटक पढिएको

काठमाडौं, १२ असोज / नेपालको संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि इन्धन र खाना पकाउने एलपी ग्यासमा समस्या भएको छ ।

Vegetable market

नाकाबन्दीले इनधनमा समस्या पारेपनि तरकारीमा नेपाल आफैँ आत्मनिर्भर रहेको व्यवसायीहरुले बताएका छन् । तर ढुवानीका लागि इन्धन नहुदाँ समस्या पर्ने उनीहरुको भनाई छ । भारतले नाका बन्दी गरपनि नेपालमा तरकारीको समस्या नहुने २० वर्षदेखि तरकारी व्यापार गदै आएको राजेश श्रेष्ठले बताए। उपत्यकाका कालिमाटी, बल्खु, टुकुचा, कोटेश्वर, बालाजु लगायतका तरकारी बजारमा दैनिक १ हजार टन भन्दा बढी तरकारीको आयत र खपत हुने गरको कालिमाटी तरकारी बजारका व्यापारी राजेश बखँले बताए। यसरी आउने तरकारीमा भारत सँग कुनै सम्बन्ध नरहेको उनको तर्क छ।

नेपालमा केहीअघिसम्म सिजन कुर्नपर्ने तरकारी बाह्रै महिना टमाटर, बन्दा र काउली उपलब्ध हुन थालेको छ। १० वर्षअघि भारतीय तरकारीमा निर्भर रहनपरेपनि पछिलो २ वर्ष देखि भने प्याज बाहेक अन्य तरकारीमा नेपाल आत्मनिर्भर भइसककेको कालिमाटी तरकारी बजारका व्यापारीहरु बताउछन। बिस्तारै किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएकोले तरकारी उत्पाद बढेको र आत्म निर्भर भइसकेको तरकारी व्यापारी यदुकुमार श्रेष्ठ बताउछन। भारतले नाकाबन्दी गरपनि प्याज बाहेक कुनै तरकारी बजारमा अभाव नहुनेसमेत कालिमााटी तरकारी बजार व्यवस्थापक रमेश डंगोलले बताए।

पछिलो समय प्याज बाहेकको तरकारीमा नेपाल आफैँ आत्मनिभर उनले बताए। उपत्यका लगायत देश भरको बजारमा हुने माग र खपतको ९८ प्रतिशत भन्दा बढी प्याज भने भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए। प्याज बाहेक भूकम्पको कारण चीनसँगको नाका बन्द गर्दा चिनबाट आयात गरिर्ने लसुन पनि भारतकै बाटो भएर आउने गरेको उनले जानकारी दिए। यसबाहेक भारतबाट नेपालमा उत्पादन हुने तरकारीको अफ सिजन समयमा रातो आलु, कागती, हरियो खुर्सानी र अदुवा भने केहि मात्रमा आयात गरिने उनले बताए।

भारतले नाका बन्दी गरेपनि नेपालमा तरकारीमा कुनै समस्या नआउने र भारतीय तरकारी नै कुहिने डंगोलले जानकारी दिए। अहिले उपत्यकामा ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे, नुवाकोट, मकवानपुर, धादिङ, चितवन, धनुषा, सप्तरी तथा पुर्वी तराईका जिल्लाबाट तरकारी आयात गरिने उनले जानकारी दिए। प्याज बाहेक नेपालमा भारत तथा अन्य देशबाट १० प्रतिशत भन्दा बढी तरकारी आयात गर्नु पर्ने अवस्था नरहेको डंगोलले जानकारी दिए।

उपत्यकामा अहिलेले विशेषत स्थानिय काउली, लौका, फर्सी, बोडी, घिरौलो, स्कुस, करेला, च्याउ, कुरिलो, आलु, गोलभेँडा, साग, भिण्डी लागायतका २० भन्दा बढी प्ररकारको तरकारी आइरहेको जानकारी दिए। तरकारीमा नेपाल आत्मनिर्भर भएपनि पेट्रोलियम पद्धार्थ अभावले गर्दा ढुवानीमा भने समस्या रहेको उनले जानकारी दिए। सरकारले ढुवानीमा प्रवन्ध गर्ने हो भने भारतले नाकाबन्दी गरेपनि प्याज बाहेक कुनै तरकारीको अभाव नहुने उनले जानकारी दिए।

सरकारले ढुवानीको प्रवन्ध गर्न नसकेमा केहि दिनमा नै उपत्यकामा र सहरी क्षेत्रमा तरकारीको अभाव हुने उनले जानकारी दिए। लगातारको तराई बन्द समेत उपत्यकामा कुनै पनि समयमा तरकारीको अभाव र मूल्य बृद्धि नभएको डंगोलले बताए। तराइ बन्दको समयमा त झन तरकारीको मुल्य घटेको उनले जानकारी दिए।  ढुवानीको समस्याले गर्दा किसानको तरकारीमा बारीमा नै कुहिने र बजारमा आएको तरकारीमा मूल्य बढन सक्ने उनले जानकारी दिए। उपत्यकामा तरकारीको अभाव हुन नदिन र मूल्य बृद्धिबाट रोक्नको लागि सरकारले समयमा नै ढुवानीको प्रवन्ध गर्नुपर्ने डंगोलको तर्क छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :