कृषि मन्त्रालय तथा डेरी उद्योगबीच चार बुंदे सहमति

यो समाचार 473 पटक पढिएको

काठमाडौं, १२ असोज / सरकार तथा निजी क्षेत्रका दूध उत्पादन गर्ने उद्योगीबीच मंगलबार चार बुंदे सहमति भएको छ ।

Moad Agriculture-Ministry-Of-Nepकृषि विकास मन्त्रालयमा बसेको बैठकमा उद्योगी र मन्त्रालयबीच सहमति भएको हो । उद्योगीहरुले हालको बन्द र अघोषित नाकावन्दीका कारण दूध उत्पादन गर्ने उद्योगमा प्रतिकूल असर परेको भन्दै चार बुंदे माग अघि सारेका थिए । नेपाल डेरी एशोसिएसनका अध्यक्ष सुमित केडियाकाअनुसार मिल्क होलिडे हुन नदिन तत्कालका लागि उत्पादन भएको दूध खरिद गरेर बिक्रि गर्ने तथा पाउडर दूधको प्रयोग गरेर दूध उत्पादन नगर्ने बिषयमा सहमति भएको छ ।

यसैगरी डेरी उद्योगलाई दूध संकलन गर्न तथा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने दैनिक करिब ३० हजार डिजल उपलब्ध गराउने बिषयमा मन्त्रालयले साकारात्मक रुपमा पहल गर्ने बिषयमा पनि सहमति भएको छ । मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरकाअनुसार पेट्रोलियम पदार्थ अभाव भएको अवस्थामा लोडसेडिङ्गका कारण उद्योग सञ्चालन गर्न थप समस्या परेकाले नियमित रुपमा हुँंदै आएको लोडसेडिङ्गको अवधी घटाउन सम्बन्धित मन्त्रालयसँंग पहल गरिने र दूधको गुणस्तर कायम राख्नका लागि काठमाडौंको सवै नाकामा प्राविधिक टोली राख्ने र उद्योगीले समन्वयकारी भूमिका खेल्ने बिषयमा पनि दुई पक्षबीच सहमति भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :