‘ब्लास्ट फ्रोजन’ बाट उत्पादित कुखुराको मासुको माग बढ्दो

यो समाचार 296 पटक पढिएको

चितवन, ११ असोज / कुखुराको मासु उत्पादनमा अत्याधुनिक प्रविधि ‘ब्लास्ट फ्रोजन’बाट कुखुराको मासु उत्पादन हुन थाले संगै यसले चितवन र नवलपरासीमा राम्रो बजार लिंदै गएको छ ।

Blast Frozen meatमासुको स्वच्छता कायम गर्न विश्वमा प्रचलित यो प्रविधि नेपाल मिट प्रोसेसिङ इण्डष्ट्जि प्रालि गैडाकोटले भित्राएको हो । मृत कुखुराको स्वच्छता कायम गर्न माछामा ब्लास्ट फ्रोजन प्रविधि प्रयोग गरिएको उद्योगका प्रवन्ध निर्देशक दिर्घमान श्रेष्ठले बताए । गुणस्तरिय भए पनि नागरिक सचेतनाको अभावले फ्रोजन फिसको बजार विस्तार प्रमुख चुनौतिको रूपमा देखिएको श्रेष्ठले बताए । आफ्नै विक्री कक्ष र सपिङ् सेन्टरहरुबाट बिक्री गरिरहेको उद्योगले होल चिकेन, लली, बोन लेस लेक, गरि १७ प्रकारका मासु विक्री गर्दै आएको छ ।

मुख्य बजार काठमाडौं संगै पोखरा, बुटवल, भैरहवा लगायतका शहरहरुमा यहाँबाट उत्पादीत मासुको माग बढ्दै गएको उनले बताए । माइनस ४० डिग्री सेन्टिगे्रडमा कुखुरालाई चिसो पारेर तयार गरिने भएकाले मासु पूर्णतया स्वच्छ हुने उद्योगको दाबी छ । १५ करोडको लगानीमा सञ्चालित उद्योगले मासिक ४२ देखि ४५ टन कुखुराको मासु बिक्रि गर्दै आएको छ । सामान्य अवस्थामा कुखुराको मासु बिक्री खुल्ला रुपमा झिँगा भन्कीएको हुने र राम्रो सँग सफा पनि नहुने हुनाले यस्तो आधुनिक प्रविधि बाट तयार पारिएको मासु स्वाथ्यका द्धष्टिकोणले पनि उपयुक्त हुने उद्योगको दाबी छ ।

कम्तिमा माइनस ४० डिग्रिमा मासुलाई चिस्याएर तयार गरिने प्रविधि ब्लास्ट फ्रोजन विश्वमै चलेको प्रविधि रहेकाले यस्ले स्वच्छ मासु उत्पादन गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले बताए । यस्तो मासु ६ महीनादेखि १ वर्षसम्म उपभोग गर्न सकिने बताइन्छ । यहाँबाट उत्पादित मासु विशेषगरी तारे होटलमा खपत हुने गर्दछन् । मासुको बजार विस्तार गर्न बनेको पशु बधशाला तथा मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा मासु बजार विस्तारमा समस्या परेको व्यवसायीको गुनासो छ ।

२०६९ सालबाट संञ्चालनमा आएको नेपाल मिटले कुखुराको अनावश्यक फोहोरलाई व्यवस्थापन गर्न माछा पालन पनि गरेको छ । कुखुराको भूडि, रगत सहितका प्रयोग नहुने अंगबाट माछा पालन गदै आएको हो । उद्योग परिषरमा नै रहेका ६ ओटा पोखरीमा ट्राउट जातका माछा पालिएका छन् । पोखरीमा १ लाख ११ हजार माछाका भूरा छाडिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :