भारतबाट इन्धन भन्दा पनि आलु प्याज बढी आयात

यो समाचार 337 पटक पढिएको

भैरहवा, ११ असोज /सीमानाकामामा भारतीय पक्षले सुरक्षाको कारण देखाउदै कडाइ गरेपछी केही नाकाबाट सिमित रुपमा केही मालबाहक ट्रक भित्रिए पनि ती ट्रहरुमा अत्यावश्यक सामग्री नरहेको पाइएको छ ।

Potatoआइतबार बेलहिया नाका हुदै नेपाल भित्रिएका ३८ ट्रक मध्ये २ बुलेज एलपीजी ग्यास, ३ ट्याङकर इन्धन थिए भने बाँकी सबै कम आवश्यकका सामग्री थिए । “अहिले आलु प्याज र फलफूलका सामाम्री अन्य भन्दा अधिक आएका छन्,यो कुरा हामीले समकक्षी भारतीय भन्सार अधिकारीहरुलाई बारम्बार भन्दै आएका छांै,पहिला इन्धन र ग्यास छोड, त्यसपछी अन्यलाई महत्व दिनु पर्छ,” भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लाबन्य देब ढकालले भने । ढकालका अनुसार आइतबार राती भित्रिएका अन्य ट्रकमा ७ ट्रक फलफूल, आलु ५ ट्रक, प्याज ५ ट्रक, पाउडर २ ट्रक, तयारी सिमेन्ट २ ट्रक, टायल्स ३ ट्रक,खसी १ ट्रक, कोइला २ ट्रक, थ्रेसर मेशिन १ ट्रक रहेका छन् ।

उता सोमबार बेलुका सम्म भित्रिएका ४० ट्रक मध्ये २६ वटा ट्रकमा आलु प्याज र फलफुल छन् । भित्रिएका ट्रकमा ३ बुलेट ग्यास र एक टेन्कर इन्धन अत्यावश्यक सामग्री रहेका थिए भने अरु टायल मार्बल, चामल, माछा र फुटकर सामानका ट्रक थिए । भारतीय पक्षले अहिले सामान छाडने नाममा छिटो बिग्रने फलफूल, आलु, प्याज र अत्यावश्यक सामग्रीका रुपमा नरहेको मार्बल टाइल्स मात्रै बढी छोडन थालेकोमा भैरहवा भन्सार कार्यालय कडा रुपमा प्रस्तुत भए पछी केही मात्रामा पेट्रोलियम पदार्थ र ग्यासका बुलेट आइतबारबाट छाडन थालेको हो ।

तथापी अन्य समय भन्दा बेलहिया नाका आइतबार बाट केही सहज भएको पाइएको र बिस्तारै सुधार हुने अपेक्षा रहेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले उल्लेख गरे । आइतबार अघि सम्म यो नाका हुदै दैनिक १०र१२ ट्रक सामग्री नेपाल आउने गरेकामा अधिकांसमा फलफूल र आलु प्याज हुने गरेका थिए ।

अहिले सिमापारी सुनौली बजार देखी ३० किलोमिटर भन्दा लामो क्षेत्र सम्म माल बाहक ट्रक, ट्यांकर, कन्टेनर रहेका छन् । बेलहिया नाकाबाट दुबै देशका नागरीकलाई आवत जावत गर्न कुनै रोकतोक छैन भने मोटरसाइकल तथा अन्य सवारी साधन पनि निर्बाध चलेका छन् । त्यस्तै गरी बिदेशी तथा भारतीय पर्यटकहरु पनि बेरोकटोक नेपाल आइरहेका छन् । आइतबार मात्रै बिश्व पर्यटन दिवशका दिन ६ सय गुजराती पर्यटकहरु पशुपतिनाथको दर्शन गर्न बेलहिया नाका हुदै काठमाडौं लागेका छन् ।

उता मधेशी मोर्चाका कार्यकर्ताले शनिबार बाट दिउसो केही समय सीमानाका क्षेत्रमा बिरोध धर्ना प्रदर्शन गर्दै आएका छन् । सोमबार धर्नाका क्रममा स्थानीयसँग भनाभन भएपछी आन्दोलनकारीहरु गएका थिए । सुरक्षाकर्मिले समयमै सजगता अपनाएकले अप्रिय घटना हुन सकेन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :