नाकावन्दीको फायदा उठाउदै प्याजको मूल्यमा ३७ बढ्यो

यो समाचार 304 पटक पढिएको

काठमाडौं, ११ असोज / गत बुधबारदेखि भारतले अघोषित रुपमा लगाएको नाकावन्दीको फायदा उठाउदै व्यापारीले प्रतिकिलो प्याजमा ३७ रुपैयाँंसम्म मूल्यबृद्धि गरेका छन् ।

Onion. Newagroनेपालमा सम्भावना भएर पनि पर्याप्त उत्पादन नभएको प्याज भारतीय नाकाबन्दीका कारण नाटकीय रुपमा उकालो लागेको छ । एकैदिनमा प्याजको मूलय प्रतिकिलो ३७ रुपैयाँले बढेको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिले जनाएको छ ।

आइतबार एकसय १८ रुपैयाँ खुद्रा मूल्य रहेको प्याज सोमबार १ सय ५५ रुपैयाँमा पुगेको हो । एक हप्ताको बीचमा प्याजको मूल्य प्रतिकिलो ५५ रुपैयाँले बढेको छ । गतहप्ता कालिमाटी तरकारी बजारमा खुद्रा मूल्य १ सय रुपैयाँ रहेको प्याज एक हप्ताको बीचमा प्रतिकिलो ५५ रुपैयाँ बढेको छ । सोमबार कालीमाटी बजारमा प्याजको खुद्रा मूल्य एकसय ५५ रुपैयाँ तय भएको छ । गत बिहीबार एकसय ५ रुपैयाँमा बिक्री भएको प्याजको अभाव चर्किएको भन्दै अचानक अप्रत्यासित रुपमा मूल्य बढेको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :