कुकिङ च्यालेन्स प्रतियोगिता

यो समाचार 248 पटक पढिएको

काठमाडौं, १० असोज / सीताराम गोकुल मिल्कस्ले दूध तथा दुग्धजन्य पदार्थको प्रवद्र्धनका लागि सिताराम प्योर घि कुकिङ च्यालेन्स नामक कार्यक्रम आयोजना गरेको छ ।

kuking sitaramआइतबार राजधानीमा आयोजित कुकिङ च्यालेन्जमा विभिन्न प्रतियोगीले निधारित समय २ घन्टमा विभिन्न दुग्धज्य परिकार तयार गरेका थिए । प्रतियोगितामा प्रथम द्धितीय र तृतिय समूहलाई सिताराम गोकुल मिल्ककी ब्राण्डका एम्वेसडर दीपाश्री निरौलाले पुरस्कार प्रदान गरिन् । प्रतियोगितामा सिम अल्मुनाइ समूहले प्रथम पुरस्कार प्राप्त गरेको छ । विभिन्न क्षेत्रका १५ जना महिलाको सहभागिता रहेको प्रतियोगिता दुध तथा दग्धजन्य पदार्थको प्रवद्र्धनमा कोशेढुंगा सावित भएको आयोजकले जनाएको छ ।

सितारामका उत्पादनहरु दुध, घ्यू, फ्लेवर मिल्कस्, पनिरलगायत उपभोक्तासम्म पुर्याई गुणस्तरप्रति सचेत गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कम्पनीका प्रवन्ध निर्देशक सुमित केडियाले जानकारी दिए । आयातित ब्राण्डलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको केडियाले बताए । सीतारामले नवलपरासी, रुपन्देही, चितवन र काभ्रे जिल्लामा २२ वटा दुध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दुध उत्पादक सहकारी संस्थाका साथै करिब २० निजी दुग्ध व्यवसायीमार्फत नियमित दुध संकलन गर्दै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :