भक्तपुरको धानबाली समस्या

यो समाचार 217 पटक पढिएको

समितिले बुझायो प्रतिवेदन
Paddy
काठमाडौं,  भक्तपुरको धानबालीमा ‘नेक ब्लाष्ट’ लागेका कारण अधिकांस धानवाली नष्ट भएको समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन कृषि विकास मन्त्रालमा बुझाएको छ । समितिले धानखेतीको यथार्थ क्षति, धानमा बाला नलाग्नुको कारण र क्षतिपूर्तिको रकमको सिफारिस सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । चिनिया धानको विउ डिवाई ६९ लगाइएको खेतको अधिकांस धानमा बाला नलाखेपछि सरकराले समिति गठन गरी छानविन सुरु गरेको थियो ।
प्रतिवेदन मन्त्रालयमा बुझाइएको तर प्रतिवेदमाथि आवश्यक छलफल गरेर मात्र क्षतिपूर्तिको लागि सिफारिस गरिने मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले बताए । “मन्त्रालयले प्रतिवेदन बुझेको छ, अब चुनावपछि मात्र प्रतिवेदनमाथि छलफल गरिनेछ,” उनले भने, “के कति क्षति भएको छ, क्षतिको कारण र कति रकम क्षतिपूर्ति उपलब्ध गराउने भन्ने कुरा प्रतिवेदन अध्ययनपछि मात्र सार्वजनिक गरिनेछ ।” हाल कृषि सचिव काठमाडौं बाहिर रहेकाले सचिव आएपछि मात्र आवश्यक कारवाही अगाडि बढाइने उनले बताए ।

प्रतिवेदन बुझाउने अन्तिम समय बुधबार तोकिएकोमा समयअघि नै कृषकहरुले क्षतिपूर्तिको माग गर्दै सिंह

दरबार घेरेर विरोध सभा गरेपछि असोज १ गते विउ विजन गुण नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीको सयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो । कृषकहरुको क्षतिको यथार्थ विवरण संकलन गर्न समय नपुगेको भन्दै समितिको म्याद दुई पटकसम्म थपेर कात्तिक २८ (विहीबार) सम्म लम्याइएको थियो ।
कृषकहरुले करिव ५ हजार रोपनीमा लगाइएको करिव २६ करोड मूल्य बराबरको धान क्षति भएको दाबी गर्दै सरकारसँग क्षतिपूर्ति माग गरेका थिए । क्षतिको विवरण र तोकिएको क्षतिपूर्तिको रकमको विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन । कृषकको माग भन्दा समितिको सिफारिसमा कम क्षतिपूर्ति तोकिएको भन्दै तोकिएको रकम दिन नमिल्ने समितिका एक सदस्यले बताए ।
“भक्तपुरका लागि सिफासिर नगरिएको चिनिया धानको ‘डि वाइ ८९’ नै रोग लाग्नुको मुख्य कारणको रुपमा देखिएको छ,” समितिका एक सदस्यले भने, “विउ वितरक कम्पनीले नेपाल भित्र्याएर वितरण गरेको विउको मात्रा र कृषकले दाबी गरेको क्षेत्रको बीचमा धेरै अन्तर पाइएको छ ।” समितिले यस विषयमा सबै व्यहोरा प्रतिवेदनमा खुलाएकाले बाँकी विषय मन्त्रालयको निर्णयमा भर पर्ने ति सदस्यले बताए । पूर्व सभासद तथा मजदुर किसान पार्टीका महासचिब सुनिल प्रजापतिको नेतृत्वको कृषक समूहले पटक पटक सरकारसँग क्षतिपूर्तिको माग गर्दै आन्दोलन समेत गर्दै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :