डेढ करोडको लगानीमा गाईपालन

यो समाचार 275 पटक पढिएको

मारेककटहरे (धनकुटा) , उनको पेसा राजनीति हो । दिनभरिी उनी सदरमुकाम धनकुटामा कार्यकर्ताहरूका काममा व्यस्त भेटिन्थे । राजनीतिले मात्र उभो लागिन्न भन्ने लागेर उनले गाउँमा गाईपालन व्यवसाय सुरु गरे । नेकपा एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेलको दिनचर्या गाईपालनले फेरिएको छ ।

राजनीतिका अतिरिक्त उनले गाईपालन व्यवसायलाई प्राथमिकता सूचीमा राख्दै डेढ करोड रुपैयाँ लगानी गरेका छन् । तेह्रथुमको चित्रेबजार हुँदै विकट कच्ची बाटो भएर पुग्ने मारेककटहरेको एउटा डाँडामा पौडेलले भौतिक पूर्वाधार निर्माण गरी गाईपालन सुरु गरेका हुन् । हुन त उनले ०५४ सालदेखि नै व्यवसाय सुरु गरे पनि भौतिक पूर्वाधारको प्रतिकूलताले सोचेजस्तो व्यवसाय सञ्चालन गर्न सकेका थिएनन् । तर गत वर्षदेखि भौतिक पूर्वाधारमा अनुकूलता थपिएपछि व्यवसायलाई बढाउन मद्दत पुगेको पौडेलको भनाइ छ ।dhankutta

सुविधा सम्पन्न गोठ, आफ्नै जग्गामा घाँस उत्पादन र दूधको सहज व्यापारका कारण पौडेलको व्यवसाय फस्टाउँदै गएको छ । अहिले उक्त र्फममा कुल ११ वटा गाई छन् । एक लाख ६० हजारदेखि २ लाख ३५ हजारसम्ममा खरिद गरेर ल्याइएका गाईको स्याहार गर्न अहिले १० जना स्थानीयले रोजगारसमेत पाएका छन् ।ु सुरु गर्दा अनुकूल थिएन,ु पौडेलले भने, ुबिस्तारै बिजुली, मोटरबाटो पुग्दा अनुकूलता थपियो र व्यवसाय सञ्चालन गर्न जाँगर पनि थपियो ।ु गाई खरिद र भौतिक पूर्वाधार निर्माणसमेत गरी अहिलेसम्म डेढ करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।

इलाम, दार्जिलिङको पोख्रेबुङ्ग लगायतका स्थानबाट उन्नत जातका गाई खरिद गरी ल्याएको उनले सुनाए । गाईका लागि ७० रोपनी जग्गामा घाँसखेती गरेको पौडेलले बताए । गाईपालनसँगै उनले त्यही दूध संकलन केन्द्रसमेत सञ्चालन गरेका छन् ।

आफ्ना गाईबाट आउने तीन सय लिटर र गाउँका अन्य किसानले संकलन केन्द्रमा जम्मा गर्ने दुई सय लिटर गरी दैनिक पाँच सय लिटर दूध सुनसरीको तरहरास्थित कामधेनु दुग्ध सहकारी संस्थामा दिने गरेको पौडेलले बताए । अहिले भौतिक पूर्वाधार निर्माण र गाई थपिने क्रम जारी रहेकाले नाफा घाटाको हिसाब गर्न नसकेको उनले बताए ।

गाईपालन सुरु गरेको स्थानमा पौडेलको आफ्नै जग्गामा धेरै छन् । गाईपालन व्यवसायले उनको बाँकी जग्गामा पनि खेती लगाउन सक्ने स्थिति आएको छ । गाईपालनसँगै अलैंची खेती, बंगुरपालन, किबी खेतीलगायतका नगदेबालीसमेत लगाउन थालेको उनले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :