लाखौं रुपैयाँ खर्च गरेर बनाएको कृषि भवन प्रयोगबिहीन

यो समाचार 255 पटक पढिएको

तेह्रथुम, ८ असोज / तेह्रथुमको जिरिखिम्तीमा कृषि हाटबजारका लागि लाखौं रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगबिहीन बनेका छन् ।

Krisi_hatiya_jirikhimti

जिल्ला विकास समिति, कमर्सियल एग्रिकल्चर एलायन्स र उपभोक्ताको गरी ७५ लाख रुपैयाँको लागतमा तीन वर्षअघि नै कृषि हाटका लागि निर्माण गरिएका भवन र ट्रष्ट अहिलेसम्म प्रयोगमा आएका छैनन् । स्थानीय किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरण गर्ने उदेश्यले भवन निर्माण गरिएपनि उपभोक्तालाई पायक नपर्दा भवन प्रयोगमा आउन सकेका छैनन् । बजार भन्दा झण्डै एक किलोमिटर टाढा बनाइएका ती भवनमा उपभोक्ताले किनबेचका लागि जान आउनै असजिलो भएको बताएका छन् ।

जिरि खिम्तीबजार मोराहाङ गाविस र अहिले म्याङलुङ नगरपालिकामा पर्ने साविकका जिरिखिम्ती, पिप्ले, साब्ला र आम्बुङ गाविसका किसानको प्रमुख कृषि बजार हो । अध्ययन नै नगरी बजार भन्दा पर भवना बनाउँदा प्रयोग हुन सकेको छैन । पाँच वटा सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पानी ट्याङकी र फोहोर संकलन गर्ने भवन प्रयोग र सरसफाइ अभावमा प्रयोगमै नआई पुराना जस्ता देखिन थालेका छन् । उपभोक्तालाई पटक पटक ती भवनमा लगेर आफ्नो उत्पादन किनबेच गर्न आग्रह गरेपनि सफल नभएको जिरिखिम्ती कृषि थोक तथा खुद्रा बजार व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर अधिकारीले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :