बन्दका कारण दूध निर्यात अवरुद्ध

यो समाचार 190 पटक पढिएको

काठमाडौं, ७ असोज /तराई मधेशमा एक महिनादे िखजारी बन्द र हडतालका कारण दूध भारत निर्यात गर्ने भनिएको योजना अवरुद्ध भएको छ ।

Milknewsagro.comबन्द र हडतालका कारण बाटोसमेत असुरक्षित भएका कारण सरकारले निर्यातका लागि बाटो खोलेपनि बढी भएको दूध भारत निर्यात गर्न सकिएको छैंन् । दुग्ध विकास संस्थान(डीडीसी)का महाप्रवन्धक गंगा तिम्लिसिनाकाअनुसार असोज १ गतेदेखि भारतको पटनास्थित पटना डेरी कोअपरेटिभ लिमिटेडलाई बढी दूध बिक्रि गर्ने सम्झौता भएपनि बिक्रि बन्दका कारण कार्यान्वयनमा ल्याउन सकिएको छैंन् । पटना डेरी ओपरेटिभ र डीडीसीबीच गत भदौं ३१ गते निर्यातसम्बन्धि दुई पक्षिय सम्झौता भएको थियो ।

उनकाअनुसार बन्दका कारण भारत निर्यात गर्न नसकिएको संकलित दूध अहिले बिराटनगरस्थित डीडीसीको प्लान्ट र पोखरास्थित सुजलको प्लान्टमा पाउडर बनाउन प्रयोग भइरहेको छ । ‘तर धेरै दिनसम्म यसरी पाउडर बनाउन सकिन्न्,’ तिम्लिसिनाले भने,‘बन्द हडताल फिर्ता नभए झन घाटा हुनसक्छ ।’ खपतभन्दा बढी भएको दूध किसानले खेर फालेर बिरोध जनाएपछि सरकारले आवश्यक अनुदान दिएर पहिलो पटक भारत निर्यात गर्न लागेको हो ।

उनकाअनुसार डीडीसीको हेटौडास्थित आयोजनाबाट भारत निर्यात गर्ने तयारी छ । भारतबाट दैनिक दुई वटा ट्यांकरले दैनिक ३० हजार लिटर दूध हेटौडाबाट लग्ने सम्झौता गरेको छ । भारतले ४३ रुपैयाँं ६६ पैंसा प्रतिलिटरमा दूध खरिद गर्ने गरी सम्झौता गरेको छ । नेपालमा भने प्रति लिटर दूधको ४९ रुपैयाँं पर्छ । भारतले भनेको मूल्यमा दूध निर्यात गर्दा घाटा व्यहोर्नुपर्ने भएकाले सरकारले प्रति लिटर ६ रुपैयाँंका दरले तीन महिनासम्म निर्यात गर्नका लागि एक करोड ६० लाख ९२ हजार रुपैयाँं अनुदान उपलब्ध गराएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :