गुणस्तरहिन मासु जफत गरी नष्ट

यो समाचार 318 पटक पढिएको

म्याग्दी, ७ असोज /म्याग्दी सदरमुकाम बेनीबजारस्थित एक मासु पसलबाट खुलेआम बिक्री भइरहेको सडेगलेको कुखुराको मासु जफत गरिएको छ । बेनी मिट सप्लायर्सबाट कुखुराको कुहिएको मासु बिक्री भएको भन्ने गुनासो आएपछि उक्त मासु बरामद गरी नष्ट गरिएको हो ।

Un healthy Meatजिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको स्थलगत अनुगमनका क्रममा सडेगलेको तथा गुणस्तरहिन मासुलाई जफत गरिएको थियो । जिल्ला प्रशासन, प्रहरी र पशु सेवा कार्यालयको संयुक्त टोलीले जफत गरेको खान अयोग्य साढे १९ केजी मासु नष्ट गरिएको म्याग्दीका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंले बताए ।

प्रहरी, प्रशासन र जिल्लामा क्रियाशिल पत्रकारको रोहोवरमा कुहिएको मासुलाई नष्ट गरिएको छ । पसलको पूर्वाधार मापदण्ड अनुसार भए पनि बिक्री कक्षमा खाना अयोग्य मासु भेटिएपछि सञ्चालकलाई सचेत गराई मासुलाई नष्ट गरिएको डा. चापागार्इंले जानकारी दिएका छन् ।

यता पसल सञ्चालक भगत कार्कीले भने एक विवाहको भोजमा बचेको मासु खरिद गर्दा कुहिएको पर्न गएको स्वीकार गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने बताए । गुणस्तरहिन मासु बिक्री गर्नेलाई स्थानीय शासन ऐन २०५५ अनुसार न्यूनतम २ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :