बिषादीयुक्त तरकारीप्रति अ ितयारको चासो

यो समाचार 211 पटक पढिएको

काठमाडौं,  ७ पुस \ बिषादीयुक्त तरकारी बजारमा बिक्रि वितरण भइरहेकोप्रति अ ितयार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। आयोगका आयुक्त लोकमानसिंह कार्कीले आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई डाकेर राजधानीमा भित्रिने बिषादीयुक्त तरकारीको बारेमा ग िभर रूपमा चासो व्यक्त गरेका थिए। बिज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र कृषि विकास मन्त्रालयका सचिब, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, विषादी पञ्जीकरण तथा व्यवस्था शाखासहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूलाई बोलाएर बिषादीयुक्त तरकारीको बारेमा छलफल गरिएको थियो।

Lokman singh karkiयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार आम उपभोक्ताले प्रयोग गर्ने तरकारी, फलफुल, दूधजन्य पदार्थ, माछा मासुजस्ता खाद्यजन्य बस्तुमा व्यापक रूपमा प्रयोग भइरहेको बिषादी तथा अखाद्य पदार्थका कारण जनस्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पुग्ने भएकाले तत्कालै ग िभर भएर नियन्त्रण गर्न आयोग प्रमुख कार्कीले निर्देशन दिएका छन। ‘आयुक्तज्युले उत्पादन, वितरण, उपभोगस मका विषयमा जनचेतना अभिबृद्धि गरेर तत्कालै प्रभावकारी तथा नतिजामूखी कार्यक्रम सञ्चालन गरेर नियमन, नियन्त्रण र अनुगमन गर्न निर्देशन दिनुभएको छ,Ó प्रवक्ता सापकोटाले भने,’यसका लागि योजना बनाएर कृषि विकास मन्त्रालयको नेतृत्वमा तत्कालै उक्त योजनालाई कार्यान्वयनमा ल्याउन सुझाव पनि दिनुभएको छ।Ó

छलफलमा सहभागी अधिकारीहरूले यही पोषमहिनास म बिषादी तथा अखाद्य पदार्थको बिषयमा उल्ले य सुधार गरिने आयोगलाई आश्वासन दिएका थिए। वाली संरक्षण निर्देशालयका अनुसार सरकारी स्वामित्वको राजधानीको कालीमाटीबजारसहित मुलुकभरका २४ वटा तरकारीको थोक बजारसहित नीजि क्षेत्रबाट सञ्चालनमा रहेका अन्य दुईसय ४५ वटा संकलन केन्द्रमा पनि बिषादीयुक्त तरकारीको परीक्षण विना नै तरकारी संकलन गर्ने तथा बिक्रि वितरण गर्ने काम भइरहेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :