गुमायो परबलले हरियाली

यो समाचार 187 पटक पढिएको

सन्तोषकुमार सिंह
सर्लाही, २ असोज/  सर्लाहीको हरिवनमा पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ परबलको हरियो फाँट हेर्दै मनमोहक छ तर हरियो फाँटमा पसिना बगाउने किसानका पीडा भने दुःखद् छ।

Parwal परबल

उत्पादन बढेसँगै खपत पनि बढी हुने सिजन छ। सिजनमा पाउनु पर्ने परबलको मूल्य नपाएर आधि मात्र पाएपछि किसानको मन खिन्न छ। साउन ३० गते यता लगातारको बन्द, हडतालका कारण किसान राति निदाउन सकेका छैनन्। दैनिक उत्पादन हरियो तरकारी खपत हुने बजारमा व्यापारीले खरिद गर्न छाडेका कारण किसान चिन्तित छन्। ३/४ दिनको अन्तरालमा एक क्विन्टलसम्म परबल बजार पुर्यानउँदा ४ हजारभन्दा बढी रुपैयाँ थाप्ने हरिवन–११ का शेरजंग थापाको आम्दानी २ हजारभन्दा कम भएको छ। उखुको भुक्तानी लिन समस्या हुन थालेपछि परवल खेतीतर्फ अकर्षित भएका थापा बन्दका कारण बिक्री नहुँदा खेतमै सड्दा र बजार मूल्य नपाउँदा मारमा परेका छन्। उखुभन्दा चार गुणा बढी आम्दानीका लागि परवलमा गरिएको मिहिनेत बन्दकै कारण खेर जान लागेको उनले दुःख पोखे।

फलेको परबल टिप्नैपर्ने बाध्यता रहेको हरिवनकै अर्का किसान ४३ वर्षीया सुमित्रा घिमिरे बताउँछिन्। ‘खेतमा फलेको परबल टिपुँ बजारमा बिक्री हुँदैन, नटिपुँ सडेर बारीमा पस्का लाग्ने डर छ,’ उनले भनिन्। हरिवनमा दैनिक ४ सय क्विन्टलभन्दा बढी परबल उत्पादन हुन्छ। हरिवनको परबल वीरगंज, गौर, जनकपुर, पोखरा, मलंगवा हुँदै भारततर्फ समेत जान्छ। उत्पादन खपत हुने बजार, सहर, व्यापारी कन्दै महिना दिन यता ठप्प छ। संयुक्त मधेसि मोर्चाको लगातारको बन्दका कारण किसानले खेतमा फलेको तरकारी बेच्ने ग्राक र उपभोक्ताले हरियो परवल पाउन नसकेको हरिवनकै परवल व्यपारी रमेश बुढाथोकि बताउछन्।

हरिवन स्थित परवल मण्डिमा भेटिएका बुढाथोकिा अनुसार २ सय क्वीन्टल परवल खपत हुने शहर, बजारमा कफर्यु लागेका कारण किसानले परवलको मुल्य पाउन सकेको छैन। हरिवनको चार सय क्वीन्टल परवल मध्ये हरिवनकै मण्डिमा डेढ सय देखि दुई सय क्वीन्टल परवल व्यपारीले खरिद गर्छ, बिरगंज परवल सप्लाई गर्दै आएका बुढाथोकिले भने,’ बन्दा पनि राती राती केहि दिन परवल लगे। कफर्यु लाग्न थालेपछि परवल रोकिएको हो।’

आन्दोलनमा तोडफोड, झडप, आग्जनि हुदै हिंस्रक बनेपछि बिरगंजका लागि खरिद हुने तरकारी रोकिएको हो। भदौ पहिलो साता ४० रुपैया प्रतिकिलो खरिद भएको परवल बन्दकै कारण २० रुपैया कायम भएको उनले बताए। बन्दका कारण आम उपभोक्ता मारमा परेका छन्। हरियो तरिकारी उत्पादनका लागि सर्लाहीको लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, इश्वरपुर बजार आसपासका क्षेत्र प्रख्यात छ। तर, बजार सम्म लइाएको तरकारी बाहिर पठाउन सक्ने व्यवस्था नहुदा किसान र उपभोक्ता दुवै मारमा परेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :