बढी भएको दूध भारत निर्यात गर्न बाटो खुल्यो

यो समाचार 179 पटक पढिएको

काठमाडौं, १ असोज / सरकारले खपतभन्दा बढी उत्पादन भइरहेको दूध भारत निर्यात गर्नका लागि बाटो खोलेको छ ।

Milknewsagro.comशुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले दूध निर्यात गर्न आवश्यक पर्ने अनुदान उपलब्ध गराउने निर्णय गरेपछि मागभन्दा बढी उत्पादन भएको दूध भारत पठाउन बाटो खुलेको हो । कृषि विकास मन्त्रालयकाअनुसार मन्त्रीपरिषदबाट निर्णय भएपछि भारतको पटनास्थित पटना डेरी कोअपरेटिभ लिमिटेडलाई बढी दूध बिक्रि गर्न सहज भएको छ । खपतभन्दा बढी उत्पादन भएको दूध बिक्रि हुन नसक्दा किसानले बाटोमा खेर फालेर सरकारबिरुद्ध आन्दोलन गर्दैआएका थिए । मन्त्रालयले दैनिक ३० हजार लिटर दूध पटना निर्यात गर्ने तयारी गरेको छ । दुई बर्ष अघिसम्म डिडिसीले नेपालमा दूध उत्पादन कम हुँंदा पटनाको डेरीबाट दैनिक ४० हजार लिटर दूध आयात गर्दैआएको थियो ।
मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरकाअनुसार मिल्क होलिडेको समस्या अल्पकालिन रुपमा समाधान गर्नका लागि भारत निर्यात गर्ने योजना अघि बढाइएको होे । उनकाअनुसार दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले भारतमा दूध पठाउँदा एक लिटरमा झण्डै ६ रुपैयाँ (पाँंच रुपैयाँं ९६ पैंसा) घाटा बेहोर्नुपर्ने बताएपछि मन्त्रालयले दूध निर्यातमा अनुदान दिने तयारी गरेर अर्थमन्त्रालयमा प्रस्ताव गरेको थियो । पटना डेरीले प्रति लिटर ४३ रुपैयाँं ६६ पैसामा दूध खरिद गर्न सक्ने बताउदै आएको छ ।

 

कृषि मन्त्रालयले दैनिक ३० हजार लिटरको लागि तीन महिनासम्म निर्यात गर्न एक करोड ६० लाख ९२ हजार रुपैयाँं अर्थमन्त्रालयसँग अनुदानमा माग गरेको थियो । अर्थमन्त्रालयले उक्त योजना स्वीकृत गरेपछि शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले पनि निर्यात गर्न निर्णय दिएपनि बाटो खुलेको हो । ‘पटना दूध निर्यात गर्ने सरकारी र नीजि क्षेत्रका डेरीलाई घाटा व्यहोर्न नदिन प्रति लिटर करिब ६ रुपैयाँं अनुदान दिने व्यवस्था गरेका छौं,’ प्रवक्ता ठाकुरले भने । केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले दूधको खपत भएको भन्दै डिडिसी र नीजि क्षेत्रले अघोषित रुपमा कम परिमाणमा दूध खरिद गर्न थालेपछि दैनिक ५० हजार लिटरभन्दा बढी दूध खेर गइरहेको दावी गरे ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :