एउटै बोकाको मूल्य ४८ लाख !, ६१ लाखमा बिक्रि गर्ने लक्ष्य

यो समाचार 317 पटक पढिएको

holly-goat

राजस्थान, ३१ भदौ / मुस्लिमहरुको पर्व बकरीद अघि भारतको राजस्थानमा एक स्पेशल बोका खरिदलाई लिएर होडबाजी चलेको छ ।

यसलाई किन्न चाहनेहरु ४८ लाख रुपैयाँसम्म तिर्न तयार भइसकेका छन् । तर, बोकाका मालिक भने ६१ लाखभन्दा कम रुपैंयाँमा बेच्न तयार छैनन् । यो बोकाको खरिदका लागि यस्तो होड चल्नुमा एक खास कारण छ । यसको कानमा केही यस्ता आकृतिहरु छन्, जसलाई देख्दा लाग्छ, ‘यासिन’ (कुरानको एक आयात) तथा ‘मुहम्मद’ जस्ता शब्द कुँदिएका छन् ।

यसैकारण यो बोकालाई बकरीदमा कुरबानी दिनका लागि लाखौं तिर्न चाहनेहरुको भिड लागेको हो । तर यसका मालिक गोविन्द चौधरी भने आफूले मागेजति भाउ पाउनेमा ढुक्क रहेको खबर भारतीय चर्चित पत्रिका दैनिक भास्करको अनलाई संस्करणमा खबर छ ।

बस्न एयरकन्डिसन रुम, खान ड्राई फूड !

राजस्थानको भरतपुर जिल्लाका स्थायी बासिन्दा गोविन्द हाल आफ्नो बोकासहित भीलवाडामा बस्दै आएका छन् । यहाँ उनले बोकाका लागि खाने(बस्ने सानदार व्यवस्था मिलाएका छन् । १७ महिनाको यो बोकालाई एयरकण्डिसनमा राखिएको छ । यसलाई खानामा मात्रै ड्राईफूड दिइन्छ । गोविन्दले यसलाई ९।५ लाख भारुमा किनेका थिए । गोविन्द आफूले भनेजति मोल नपाई बोको बेच्न तयार छैनन् । बकरीद नजिकिँदै जाँदा भारतमा बोकाको भाउ ह्वात्तै बढेको छ । बोका खरिद विक्रीकालाई अनलाईन मार्केटहरु पनि खुलेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :