खुङ्खानीमा सामूहिक आलु खेती

यो समाचार 185 पटक पढिएको

बलेवा (बागलुङ), ३१ भदौ / व्यावसायीक कृषिमार्फत समृद्ध समाजको निर्माणमा जिल्लाको खुङ्खानीका युवा जुटेका छन् ।

Potatoगाँउका महिला तथा बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यसहित खुङ्खानीका ८० भन्दा बढी युवा समूहिक खेतीमा जुटेका हुन् । कृषि पेसामै जीवनको समृद्धि छ भन्ने सन्देशस्वरुप युवाले सुरुको चरणमा सामूहिक आलुखेती सुरु गरेका छन् । सामूहिक कृषि अभियान व्यवस्थित गर्न युवाहरु समूहमा आवद्ध भएका छन् । प्रेरणा सहकारी संस्था स्थापना गरी त्यहाँका महिला बेरोजगार युवा, वृद्ध–वृद्धालगायत ८० घरधुरीका कृषक व्यावसायिक आलुखेतीतर्फ लागेको प्रेरणा कृषि सहकारी संस्थाका अध्यक्ष सरोजकुमार छन्त्यालले बताउनुभयो ।

सहकारीले जिल्ला सहकारी संस्था लिमिटेड बाग्लुङबाट अनुमतिसहित अनुदानसमेत प्राप्त गरेको छ । खुङ्खानी गाविसका नौवटै वडाका गरी करिब ८० जना कृषक अर्गानिक आलुखेतीतर्फ लागेको छन्त्यालले बताउनुभयो । स्थानीय गाँउका महिला तथा बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यसहित शुद्ध अर्गानिक आलु उत्पादनतर्फ लागिएको हो । प्रेरणा सहकारीमा आवद्ध कृषकहरुले गाउँमा नै चार ठाउँमा जग्गा भाडामा लिएर २०÷२० जनाको समूह बनाई आलु उत्पादन गर्न थालेका छन् । आलु उत्पादन गरी जिल्लाको दोश्रो व्यापारिक केन्द्र बुर्तिवाङ तथा म्याग्दीको दर्वाङसम्म पु¥याउने गरिएको छ ।

स्थानीय जातको आलु भएका कारण बजारमा माग समेत बढिरहेको सहकारीका अध्यक्ष छन्त्यालको भनाइ छ । गाँउमा मोटर बाटो नपुगेका कारण ढुवानीमा केही समस्या भएपनि बजारसम्म ल्याई पु¥याउनका लागि घोडा खच्चडको प्रयोग हुने गरेको छ । यस वर्ष गत वर्षको तुलनामा आलु उत्पादनमा केही कमी आएको भए पनि साउन मसान्तबाटै आलु बिक्री गर्न थालिएसँगै बजार माग बढ्दो छ । यस वर्ष करिब ८० क्विन्टलभन्दा बढि आलु उत्पादन भएको छ । “करिब रु ४ लाख बराबरको आलु बिक्री ग¥यौँ” छन्त्यालले भन्नुभयो ।

यसरी बिक्री गरिएको आलुको पैसा भने सहकारीमा नै जम्मा गर्ने गरिएको र उतm रकम घुम्ती कोष सञ्चालन गरी अन्य आयआर्जनमूलक कार्यमा सञ्चालन गर्न थालिएको स्थानीय कृषकहरुको भनाइ छ । आलु उत्पादनका साथै व्यवसायिक तरकारीखेतीका लागि जिल्ला कृषि कार्यालयले गाँउमै पुगेर निरन्तर तालिमसमेत दिँदै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :