खडेरी र डुबान सहन सक्ने धानको बिउ निशुल्क वितरण

यो समाचार 257 पटक पढिएको

काठमाडौं, ३० भदौं / सुख्खा तथा खडेरी र डुवान सहन सक्ने धानका जातहरु सिमान्तकृत कृषक समुदायमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय धानबाली अनसुन्धान प्रतिष्ठानले उन्नत जातका धानको बिउ वितरण गरेको छ।

संस्थाले नार्क, कृषि विभाग, निजी विउविजन कम्पनीहरु, सरकारी संस्था र कृषक समुदायको सहकार्य गरी इरी नेपालले ६ जातका सुख्खा तथा खडेरी र २ जातका डुवान सहने सक्ने उन्नत जातका धानको विउको प्रवद्र्धन गरेको इरी नेपालका विशेषज्ञ कृषि अनुसन्धान विकासका श्रीप्रसाद न्यौपानेले जानकारी दिए। सुख्खा तथा खडेरी सहन सक्ने उन्नत जातका धान विउहरुमा सुख्खा धान १, सुख्खा २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५, सुख्खा धान ६ रहेको न्यौपानेले जानकारी दिए। त्यस्तै डुवान सहन सक्ने उन्नत जातका धानका विउहरुमा स्वर्णा सब १ र सम्बा मन्सुली सब १ रहेको उनले बताए।

सुख्खा १, २ र ३ जातका धानहरु किसानको माझमा पुगिसकेको र सुख्खा ४, ५, ६ र डुवान सहन सक्ने स्वर्णा सब १ र सम्बा मन्सुली सब १ पनि कृषक माझमा जाने तयारीमा रहेको न्यौपानेले जानकारी दिए। अहिले २२ वटा जिल्लामा यो कार्यक्रम चलिरहेको उनको तर्क छ। यो वर्ष १ सय ४० मेट्रिक टन धानको विउ विभिन्न सरोकारवला संघ संस्थाको मार्फत किसान लागि वितरण भएको न्यौपानेले जानकारी दिए। यस प्रकारको उन्नत जातको धानका विउबाट प्रति हेक्टर ३ देखि ४ मेट्रिक टनसम्म धान उत्पादन हुने उनको तर्क छ। यो धानको लागि पनि अन्य उन्नत जातको धानलाई जत्तिकै मल र औषधि आवश्यक पर्ने न्यौपानेले बताए।

यो परियोजना पूर्वाञ्चलको झापा र मोरङ जिल्ला, मध्य पश्चिमाञ्चलका ११ जिल्ला, सुदुर पश्चिमका ६ जिल्ला र पश्चिमका ३ जिल्लामा प्रयोग भइसकेको उनले जानकारी दिए। यो अनुसन्धान प्रतिष्ठानमा नेपाल लगायत भारत, बङगलादेश, फिलिपिन्स र कम्बोडिया रहेका छन्। यसको सम्पुर्ण काम भने युएसएआइडीको कोषबाट सञ्चालन हुने न्यौपालेले जानकारी दिए। गुणस्तरीय विउको लागि विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाको मातहतमा कृषकसम्म पु¥याउने लक्ष्य रहेको उनको तर्क छ। यसरी उत्पादन गरिएका धान विउ जिल्ला कृषि विभागको मातहतमा कृषकका लागि निःशूल्क वितरण गरिएको उनले जानकारी दिए।

यसरी वितरण गरिएको उन्नत जातका धान विउ मीनीकोट अर्थात प्रतिकिसान २ किलोको प्याकेट वितरण गरिएको न्यौपानेले जानकारी दिए। यो परियोजना २०१४ अक्टोबरबाट सुरु भएको र २०१७ सेप्टेम्बरसम्म चल्ने उनले जानकारी दिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :