दुग्ध सहकारीद्वारा मिल्क एनालाइजर वितरण

यो समाचार 286 पटक पढिएको

रामपुर (पाल्पा), ३० भदौ /गोठदेखि ओठसम्म शुद्ध दूध पु¥याउने उद्देश्यले सहकारीद्वारा रामपुरमा दुग्ध डेरी फार्मलाई मिल्क एनालाइजर वितरण गरिएको छ ।

Milk Analizerसीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले दूधको शुद्धता मापन गर्न अमृत दुग्ध भण्डारका सञ्चालक माधव आचार्यलाई मिल्क एनालाइजर वितरण गरेको हो । सहकारीको रु दुई लाख र रामपुर नगरपालिकाको रु ५० हजार सहयोग रकम पर्ने मिल्क एनालाइजर मेसिन वितरण गरिएको सहकारीका अध्यक्ष कृष्णकुमार अर्यालले बताउनुभयो ।

रामपुरकै सबैभन्दा ठूलो दुग्ध डेरी फार्म रहेको अमृत दुग्ध भण्डारमा दैनिक १४५ लिटर दूध सङ्कलन हुने गरेको सञ्चालक आचार्यले बताउनुभयो । विगत दुई वर्षदेखि रु पाँच लाखको लगानीमा दुग्ध डेरी फार्म सञ्चालन गर्नुभएका आचार्यले खर्च कटाएर मासिक रुपमा रु ३० हजार आम्दानी लिन सफल हुनुभएको छ ।

उहाँले रामपुर नगरपालिकाभित्र किसानको घरदैलोमा पुगी दूध सङ्कलन गरी फार्म सञ्चालन गरेको बताउनुभयो । रामपुर नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम तिमिल्सिनाले डेरी फार्म सञ्चालक आचार्यलाई मिल्क एनालाइजर मेसिन वितरण गर्दै दूधको बिक्री मूल्य यकिन भए पनि खरिद मूल्य राष्ट्रियस्तरमै नतोकिएकाले दूधको शुद्धता मापन गरेर खरिद र बिक्री गर्ने बताउँदै खरिदकर्ता र विक्रेता नठगिन आग्रह गर्नुभयो ।रामपुर नगरपालिकाभित्र अहिले चारवटा दुग्ध डेरी फार्म सञ्चालनमा छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :