तथ्याँक विभागले कृषि जनगणनाको तथ्याँक मंगलबार सार्वजनिक गर्ने

यो समाचार 236 पटक पढिएको

काठमाडौं, पुस : केन्द्रिय तथ्याँक विभागले छैठौं कृषि गणनाको तथ्याँक सार्वजनिक गरेको छ। विभागले ‘राष्ट्रिय कृषि गणना ०६८Ó अन्तर्गत सोही बर्षको माघदेखि फागुनस म तराई तथा पहाडी क्षेत्रका ५९ जिल्ला तथा गत ०६९ वैशाखदेखि असारस म हिमाली क्षेत्रको १६ जिल्लामा कृषिस बन्धी लगत संकलन गरेको थियो।Census

विभागका कृषि तथ्याँक शाखाका निर्देशक अ िवका बस्यालकाअनुसार छैठौं कृषि गणना कार्यक्रममा पछिल्लो समयमा संकलन गरिएका आवश्यक सूचना वाहेक संयुक्त राष्ट्र संघ र विश्व खाद्य तथा कृषि संगठनले दिएको सुझावको आधारमा पहिलो पटक समुदायस्तरको तथ्याँक संकलन गर्न गरिएको थियो। समुदायस्तरको तथ्याँक अन्तर्गत भू उपयोग, कृषकको आर्थिक सामाजिक स्थिति, सामुदायिक संरचना सेवा सुविधा, समुदाय वा वडामा संचालित विकास कार्यक्रमको विवरण पनि संकलन गरिएको छ। यसैगरी खेतमा सिंचाई सुविधा पु:याउन ऋण लिएको छ की छैन, कृषि बाली लागेको क्षेत्रफल र उत्पादनको अबस्था कस्तो छ?, स्वास्थ्य चौकी, कृषि सडक, बिद्युतजस्ता कृषि पूर्वाधारका संरचनाको उपभोग किसानले गरेका छन् वा छैनन् भन्ने प्रश्नस बन्धी सूचना पनि पहिलो पटक विभागले संकलन गरेको छ।

यस वाहेक जिल्लाभित्र छनौट भएका क्षेत्रका कृषक घरपरिबारको अवस्था, कृषि योग्य जग्गा, भू उपयोगको अवस्था, वीउविजन, बिषादी, रसायनिक मलको प्रयोग, पाल्तु चौपायाको अवस्था, कृषि उपजको लागि प्रयोग हुने जग्गा र उत्पादन, माछा तथा बनबनेलो, खाद्यान्नको पर्याप्तता, कृषि औजारलगायतका बिषयमा आवश्यक तथ्याङ्क यो गणनाको क्रममा किसानहरूबाट संकलन गरिएको थियो। विभागले गणनाको लागि १९ पृष्टको कृषक परिवार प्रश्नावली तयार पारेको थियो ।

 

कृषि गणनाको सूचना संकलनका लागि छनौटमा परेका १ लाख २५ हजार कृषकको घरदैलोमा सूचना संकलन गर्न करिब २ हजार ५ सय गणक खटाइएको थियो। तराईका जिल्लामा ३५, पहाडी जिल्लामा ३० र हिमाली जिल्लामा २३ जना गणक खटाइएको थियो। गणना स पन्न गर्न सरकारले २० करोड रुपैयाँ छुट्टयाएको थियो। मुलुकको कूल जनसं यामध्ये करिब ७० प्रतिशत नेपाली जनता कृषि पेशामा आवद्ध छन।

नेपालको कूल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान करिब एक तिहाई छ। कृषि क्षेत्रको विकासका लागि तयार गरिने निति, योजना तथा कार्यक्रम, अनुगमन तथा मूल्याँकनका लागि आवश्यक पर्ने तथ्याँक प्राप्त गर्न बिभागले प्रत्येक १० बर्षमा कृषि क्षेत्रको गणना गर्दै आएको छ। यसअघि ०१८ मा पहिलो, ०२८ मा दोश्रो, ०३८ मा तेश्रो, ०४८ मा चौथो र ०५८ मा पाँचौं पटकको गणना कार्यक्रम स पन्न गरिएको थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :