यसरी बन्छ पोकाको दूध

यो समाचार 209 पटक पढिएको

किरण आचार्य
काठमाडौं, ३० भदौं / उपभोक्ताका लागि सबैभन्दा राम्रो त दूध दुहुनेबित्तिकै कराइमा तताएर खान पाउनु नै हुन्छ । तर, बढ्दो सहरीकरणका कारण सबै उपभोक्ताको पहुँच प्रत्यक्ष गोठसँग हँुदैन । त्यसैले गोठदेखि उपभोक्ताको ओठसम्म दूध पु¥याउन दुग्ध उद्योगहरुले दुग्ध प्रशोधन गरेर स्वच्छ दूध उपलब्ध गराउने काम गरिरहेका छन् । गाई वा भैंसीको गोठबाट उपभोक्तासम्म दूध पु¥याउन समय लाग्ने भएकाले निश्चित प्रक्रिया पु¥याएर प्रशोधन तथा कोल्डस्टोर पु¥याएर दूधको गुणस्तरलाई जोगाइराख्नुपर्ने हुन्छ ।


Sitaram gokul Milkउपत्यका र अन्य सहरका उपभोक्ताले पोकाको दूधदेखि खुला रूपमा बिक्री हुने दूध पनि उपभोग गरिरहनुभएको छ । रोजाइ तपाईंको आफ्नो हो । तर, विज्ञहरु यदि राम्रोसँग प्रशोधन गरिएको दूध उपभोग गर्न सल्लाह दिने गर्छन् । किनकि प्रशोधित गरिएको दूधमा विभिन्न खाले किटाणुहरुको उपस्थिति कम हुन्छ र स्वास्थ्यलाई प्रतिकूल असर गर्दैन । साथै यसमा पाइने पौष्टिक तत्वहरु पनि कायम रहने हुनाले पनि प्रशोधित दूध उपभोग गर्न विज्ञको सल्लाह छ ।

नजिकको दुग्ध बिक्री केन्द्रमा गएर आफूले चाहेको ब्रान्डको दूध किनेर उपभोग गर्ने उपभोक्तालाई थाहा नहुन पनि सक्छ कि त्यो दूधको पोका कसरी बन्छ रु गोठमा दुहेको दूध पोका बनाउने समयसम्म कस्तो प्रक्रिया अपनाइन्छ । अनि दूधको गुणस्तर कायम गर्दै कसरी बजारसम्म दूध पु¥याइन्छरु यावत् प्रश्नको उत्तर दिनका लागि यसपटकको उपभोक्ता पृष्ठमा दुग्ध प्रशोधन प्रक्रियाबाारे उपभोक्तालाई बुझाउने कोसिस गरिएको छ ।

सीताराम गोकुल मिल्क्सको काठमाडौं दूधपोखरीस्थित दुग्ध प्रशोधन कारखाना कच्चा दूध उत्पादन गर्ने दुग्ध उद्योगमध्ये अग्रणीमा पर्छ । नेपाल डेरी एसोसिएसनका अध्यक्षसमेत रहेका सुमित केडियाले सञ्चालन गरेको यो उद्योगले दूधको अनावश्यक गन्ध हटाउने, होमोजनाइज्ड गर्ने र उद्योगबाट सरसफाइ गर्दा निस्केको पानीलाई प्रशोधन गर्ने प्रविधि जोडेर पानीको पुनः प्रयोग गर्ने जस्ता नयाँ प्रविधिको प्रयोग गरेको छ, जुन नेपालका अन्य दुग्ध उद्योगले प्रयोगमा ल्याउन सकेका छैनन् । यो उद्योगले एकपटकमा ३५ हजार लिटर दूधलाई प्रशोधन गर्न सक्छ । दुग्ध प्रशोधनको मुख्य प्रक्रियाहरु निम्न छन् ।

१. दुग्ध संकलन
गोठबाट संकलित दूध संकलन केन्द्रमा सम्बन्धित क्षेत्रमा स्टोर गरेर राखिएको हुन्छ । ८ डिग्रीको तापक्रममा राखिएको दूध स्टिनलेस स्टिलले बनेको ट्यांकरमा राखेर उद्योगमा ल्याएपछि दूध प्रशोधनको प्रक्रिया सुरु हुन्छ ।

२. प्रयोगशाला परीक्षण
ट्यांकरमा रहेको कच्चा दूधको नमुना लिई प्रयोगशाला परीक्षण गरिन्छ । प्रयोगशालामा दूधमा फ्याट, एसएनएफ र अन्य प्राविधिक परीक्षण गरिन्छ । परीक्षणपछि मापदण्ड पुगेको दूधलाई प्रशोधन प्रक्रियामा हालिन्छ ।

३.  स्वचालित मापन
प्रयोगशाला परीक्षणबाट पास भएको दूधलाई पाइपको सहायताले उद्योगको प्रशोधन प्रक्रियामा भित्र्याइन्छ । यसको पहिलो प्रक्रिया भनेको स्वचालित रूपमा मेसिनको सहायताले दूध उद्योगमा पठाउनु हो । यसका लागि कति मात्रामा दूध भित्रियो भन्ने रेकर्ड अटोमेटिक रूपमा मेसिनमा रहन्छ । यसपछि दूधलाई छान्ने प्रक्रिया मेसिनबाट हुन्छ ।

४. प्रिहिटिङ र स्ट्यान्डरलाइजेसन
छानिएको दूधलाई प्रारम्भिक रूपमा तताउने काम हुन्छ । यसका लागि दूधलाई ६५ डिग्री सेन्टिग्रेटमा तताइन्छ । तताइएको दूधलाई स्ट्यान्डरलाइजेसन गर्ने काम गर्छ मेसिनले । स्ट्यान्डरलाइजेसन भनेको दूधमा चिल्लोपना र ठोसको मात्रा मिलाउनु हो । नेपालमा सामान्यतया ८ प्रतिशत चिल्लोपना ९फ्याट० र ४ प्रतिशत ठोस ९एसएनएफ०को दूधलाई स्तरीय मानिन्छ । मेसिनकै सहायताले दूधको स्ट्यान्डरलाइजेसन गरिन्छ । अब अगाडि बढ्ने दूध यही मापदण्डअनुसार हुन्छ ।

५. डिअर्डिजेसन (गन्ध हटाउनु)
कतिपय दूध तताएर खाँदा ठुस्स गन्हाउने पनि गर्छ । यस्तो अनावश्यक गन्ध हटाउने कम डिअर्डिजेसन हो । यसका लागि छुट्टै मेसिन राखिएको छ, सीताराम दूधको उद्योगमा । यस्तो मेसिन देशका अन्य डेरीमा खासै प्रयोग गरेको पाइँदैन । यसो गरिरहँदा दूधको आवश्यक गन्ध वा गुण भने कायम राखिन्छ ।

६. होमोजिनाइजेसन्स
यो प्रक्रिया पनि देशकै डेरीमध्ये सीतारामले पहिले प्रयोग गरिरहेको छ । यो प्रक्रियामा दूधलाई मेसिनको सहायताले घोल्ने काम गरिन्छ । यसो गर्दा दूधका छरिएर रहेका तत्वहरु एकत्रित हुन्छन् र दूध बाक्लो पनि हुन्छ । त्यसैले पनि सीतारामको दूध अरुको भन्दा बाक्लो भएको हो । यो प्रक्रियामा कुनै केमिकलको प्रयोग भने हुँदैन ।

७. पास्चराइजेसन
दूधलाई २१ सेकेन्डसम्म ८५ डिग्री तापक्रममा तताउने र तुरुन्त ४ डिग्रीमा चिस्याउने प्रक्रियालाई पास्चराइजेसन भनिन्छ । यो प्रक्रियामा मेसिनमा अटोमेटिक रूपमा पाइपबाट आएको दूधलाई तताउने र चिस्याउने काम गरिन्छ । यसो गर्दा दूधमा चित्रमा देखाइएको उद्योगका उपकरणले यो प्रक्रिया पूरा गरिरहेका छन् । पास्चराइजेसनसँगै दूधबाट घिउ निकालिन्छ । निकालिएको घिउलाई अर्को प्रक्रियाबाट छुट्टै पास्चराइज गरिन्छ ।

८. चिलिङ
पास्चराइजेसनपछि सामान्यतया दूधको प्रशोधन गर्ने काम पूरा भएको हुन्छ । अब प्रशोधित दूधलाई चिलिङ अर्थात् चिसो स्थानमा स्टोर गरिन्छ । यसको लागि उद्योगमा छुट्टै ट्यांकीहरूको व्यवस्था गरिएको हुन्छ ।

९. प्याकिङ
चिल गरिएको दूधलाई आवश्यकताअनुसार प्याकेजिङ गरिन्छ अर्थात् दूधको पोका पारिन्छ । दूधको पोकामा ब्याच नम्बर, एसएनएफ, फ्याट र दूधको मात्रालगायत लेखिन्छ । यसो गरिनु अनिवार्य पनि हो ।

१०. स्टोरेज र वितरण
तयार भएका दूधका पोकालाई क्यारेटमा राखिन्छ र ४ डिग्री तापक्रमको स्टोर रुममा स्टोर गरिन्छ । स्टोर गरिएको दूध आवश्यकताअनुसार बजारमा पठाइन्छ । उत्पादन भएको मितिले २४ घण्टामा दूध उपभोग गर्नुपर्ने हुन्छ । दूध खरिद गर्दा कम्तीमा ब्याच नम्बर, उत्पादन मिति, फ्याट, एसएनएफलगायत सूचना हेर्नुहोला ।

११.  पानी प्रशोधन
यो दुग्ध प्रशोधन प्रक्रियामा पर्दैन । तर, उद्योगका लागि पानी धेरै महत्वपूर्ण हुने भएकाले यसको उपयोगलाई पनि बुझ्नुपर्ने हुन्छ । हरेक ८ घण्टामा दूध प्रशोधन कारखाना सफाइ गर्नुपर्ने हुन्छ । सितारामको कारखाना सफा गर्न एक पटकमा ८५ हजार लिटर पानी आवश्यक पर्दछ । यति धेरै पानी एक पटक उपयोग गरेर फाल्ने हो भने एकातिर वातावरणलाई असर गर्दछ भने अर्कोतिर पानी धेरै खर्च हुने गर्छ । यही समस्या समाधान गर्न कम्पनीले पानी प्रशोधन गरेर पुनः उपयोग गरिरहेको छ । पानी प्रशोधन गर्दा २० प्रतिशत पानी घट्छ भने ८० प्रतिशत पानी प्रयोग गर्न सकिन्छ । पानीबाट निस्केको फोहरलाई ब्यवस्थित रुपले नष्ट गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :