फ्यानमा नयाँ कार्यसमिति

यो समाचार 361 पटक पढिएको

काठमाडौं, ३० भदौं / फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) मा नयाँ कार्यसमिति चयन भएको छ ।

Flower Expo 2014, Newsagrocomफ्यानको २३औँ साधारणसभाले लोकनाथ गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गैरे यसअघि पनि फ्यान अध्यक्ष थिए । फ्यान उपाध्यक्षमा दिलीप बादे, महासचिवमा मीनबहादुर तामाङ र कोषाध्यक्षमा शिवबहादुर खड्का निर्वाचित भएका छन् । त्यस्तै, सदस्यमा सिताराम पन्त, रामबहादुर तामाङ, महेन्द्रबहादुर सुवेदी, पाण्डव श्रेष्ठ, मीना तामाङ, रामजी कुँवर र रोशन श्रेष्ठ निर्वाचित भएका छन् । साधारणसभामा पोखरा, चितवन, धादिङ, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरका गरी २ सय ५३ साधारण सदस्य सहभागी थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :