मकैमा आत्मनिर्भर बन्दै सुर्खेत

यो समाचार 293 पटक पढिएको

सुर्खेत, २९ भदौं / तीन वर्ष अघिसम्म मकैको बिउ किन्न जिल्ला कृषि विकास कार्यालय र मातहतका सेवा केन्द्रमा कृषकको भीड लाग्थ्यो। बाहिरी जिल्लाबाट ल्याएको बिउ कार्यालयले कृषकलाई बाूड्थ्यो। उत्पादनका हिसाबले मकै सुर्खेतको प्रमुख बाली भए पनि रहेक वर्ष कृषकहरु बिउको अभाव झेलिरहेका हुन्थे। तर, अहिले अवस्था फेरिएको छ। कृषि विकास कार्यालयसूग बिउ माग्ने कृषक अहिले उल्टै बेच्न थालेका छन्। सुर्खेतमा उत्पादन भएको मकैको बिउ अहिले देशभर पुगेको छ।


Maizeकल्याण–३ खोल्टेपानीको समृद्धि कृषि सहकारी संस्थाले तीन वर्षअघि सुरु गरेको व्यावसायिक मकै बिउ उत्पादन कार्यक्रमपछि सुर्खेत बिउमा आत्मनिर्भर मात्रै भएको छैन, बाहिरी जिल्लामा निर्यात गर्न सक्ने हैसियतामा पुगेको छ। अहिले सहकारीका तीन सय सेयर सदस्यमध्ये दुई सयले मकै बिउ उत्पादन गर्छन्। जिल्लाका अरु सहकारी, समूह र व्यक्तिले पनि व्यावसायिक रुपले बिउ उत्पादन गरिरहेका छन्। खोल्टेपानी जस्तै अरु सहकारी, समूह र व्यक्तिले उत्पादन गरेका मकैको बिउ जिल्ला कृषि विकास कार्यालयले जिल्लाभर अनुदानमा वितरण गर्छ। नेपालगन्जको ग्लोबल एग्रिटेक र एग्रोभेटहरुले देशभर वितरण गर्छन्। ‘सहकारीका साथै यहाका अधिकांश व्यक्तिले व्यावसायिक रुपमा मकैको बिउ उत्पादन गर्छन्,’ अध्यक्ष देवबहादुर रानाले भने, ‘आम्दानी पनि राम्रो भइरहेको छ।’ उनले सहकारीमार्फत वार्षिक करिब ३० लाख बराबरको बिउ बिक्री हुने गरेको बताए।

राना आफैं पनि व्यावसायिक रुपमा बिउ उत्पादन गर्दै आएका छन्। ‘परम्परागत कृषि पेसाभन्दा बिउ उत्पादनबाट राम्रो आम्दानी भइरहेको छ,’ रानाले भने, ‘सेवाका साथै राम्रो आम्दानी पनि हुने भएकाले अहिले दोहोरो फाइदामा छु।’ राना हरेक वर्ष ६५ हेक्टर जमिनमा मकैको बिउ उत्पादन गर्छन्। रानाले बिउ बेचेरै बार्षिक ८ लाख रुपैयासम्म आम्दानी गरेको बताए। मेहलकुना–१ का नवलसिंह ठकुरी पनि व्यावसायिक बिउ उत्पादक हुन्। केही वर्ष अघिसम्म परम्परागत कृषि पेसा अंगाल्दै आएका ठकुरी पनि दुई वर्षदेखि व्यावसायिक रुपमा बिउ उत्पादन गरिरहेका छन्। ुआफ्ना लागि मात्रै होइन, अरुका लागि पनि सहयोगी बनेको छु,ु उनले भने, ुमैले उत्पादन गरेको उन्नतखालको बिउबाट अन्य कृषकको पनि आय बढेको छ।ु उनले सहकारीमार्फत पूर्वी सुर्खेतका पाूच गाविसका किसानलाई बिउ वितरण गर्दै आएका छन्। ठकुरीले पाूच गाविसका ७१ वटा समूहलाई बिउ वितरण गर्ने गरेको बताए।

कृषक आफैं बिउ उत्पादनमा अग्रसर भएपछि पछिल्लो समय मकैमा सुर्खेत आत्मनिर्भर हुूदै गएको छ। जिल्ला कृषि विकास कार्यालयको समन्वयमा सुर्खेतमा अहिले व्यक्ति, सहकारी संस्था र समूहले उन्नत खाले मकैको बिउ उत्पादन गरिरहेका छन्। सुर्खेतको ३६ हजार ४ सय ४४ हेक्टर खेतीयोग्य जमिनमध्ये १६ हजार एक सय हेक्टरमा मकै उत्पादन हुन्छ। उन्नत जातको बिउबाट राम्रो उत्पादन हुन थालेपछि सुर्खेतको मकै बाहिरी जिल्लामा पनि निर्यात हुन थालेको छ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष करिब एक करोडको मकै बाहिरी जिल्लामा बिक्री भएको छ। यो वर्ष उत्पादन राम्रो भएकाले अझ बढी निर्यात हुने सम्भावना छ। कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरी उन्नत जातको बिउसूगै मकैको उत्पादन पनि बढेको बताउूछन्। ुस्थानीय स्तरमै आवश्यकता अनुसार बिउ उत्पादन हुन थालेपछि मकै उत्पादन बढेको देखिन्छ,ु वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले भने, ुमकै बेचेरै कृषकले राम्रो आम्दानी गरिरहेका छन्।ु

गिरीका अनुसार कार्यालयले पनि बिजवृद्धि कार्यक्रम सुरु गरेको छ। ुमकै, तोरी, गहुू, धानलगायत बिउमा सुर्खेतलाई आत्मनिर्भर बनाउन हामीले यो कार्यक्रम लागू गरेका छौं,ु उनले भने, ुयो कार्यक्रमले पनि कृषकलाई व्यावसायिक बिउ उत्पादनमा लाग्न प्रेरित गरेको छ। सुर्खेतमा वर्षमा दुई सिजनमा मकै उत्पादन हुन्छ।

मकै बालीमा जोखिम कम हुने भएकाले सुर्खेती कृषक मकैमा आकर्षित भएको गिरीले बताए। ुमकै उत्पादनमा जोखिम कम हुनुका साथै राम्रो आम्दानी हुने भएकाले कृषक यसतर्फ आकर्षित भएका हुन्,ु उनले भने, ुयसका साथै सुर्खेतको भूगोल पनि मकैका लागि उपयुक्त छ।ु सुर्खेतमा रामपुर कम्पोजिट, मनकामना–३, पोषिलो र उच्च भूभागमा देउती मकै लगाउने गरिएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :