एग्रो टाइम्सले मनायो दोश्रो बार्षिकोत्सव

यो समाचार 275 पटक पढिएको

काठमाडौं, २९ भदौं / कृषि र कृषकमा समर्पित भई बिगत दुई बर्ष देखि देशका विभिन्न ४२ जिल्लामा क्षेत्र बिस्तार गरिरहेको नेपालकै लोकप्रिय कृषि मासिक पत्रिका एग्रो टाइम्स राष्टिय मासिक पत्रिका ले आफ्नो दोश्रो बार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

Barsikotsab Program 2072 956कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका थिए । उनले कार्यक्रममा बोल्दै नेपालका अधिकांश जनता कृषिमा निर्भर हुनु तर व्यवसायिक रुपमा अगाडि नबढ्नु आजको मुख्य समस्या रहेको र यो समयमा एग्रो टाइम्स जस्ता कृषिको हकहितको लागि अगाडि बढेका मिडियाको मुख्य भुमिका रहने र यस्ता मिडियाहरुलाई आफुले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने कुरामा प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा डम्मरबहादुर बस्नेतको कृषि जिवनीको सफलताको कथा समेटिएको वृतचित्र पनि देखाइएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका राष्टिय वाण्ज्यि बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले व्यवसायिक रुपमा लाग्ने कृषकहरुलाई कृषि कर्जा सहज बनाउने तथा आफुले जुनसुकै क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने कुरामा प्रतिबद्धता जाहेर गरेका थिए ।  त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथिकै रुपमा रहेका जिल्ला कृषि विकास कार्यालयका बरीष्ठ कृषि विकास अधिकृत डा. अरुण कुमार भट्टले आवश्यक सुचनाको अभावमा निर्वाहमुखी कृषि प्रणालीमा संलग्न जनताको सोचमा परिवर्तन ल्याउन र व्यवसायिक कृषितर्फ उन्मुख गराउन आवश्यक सुचनाको अभाव भइरहेको यो समयमा एग्रो टाइम्स राष्टिय मासिक पत्रिका कृषकको सहयात्री हुदै गइरहेको जानकारी अबगत गराएका थिए ।

कार्यक्रममा अतिथिको रुपमा रहेका मेरो एफ.एम. का स्टेसन म्यानेजर बलराम श्रेष्ठले भने देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्नती गर्न र कृषिलाई व्यवसायिक बनाउने अभियानमा कृषि र कृषकमा समर्पित भई प्रकाशित हुँदै आएको यो मासिक पत्रिकाको आगामी दिनमा पनि निरन्तरताको शुभकामना व्यक्त गरेका थिए । एग्रो टाइम्सको सुरुवात देखि नै सल्लाहकार संयोजकको रुपमा रहेका शिव अधिकारीले यसलाई व्यावसायिक मिसनको रुपमा लैजाने कुरामा जोड दिएका थिए । एग्रो टाइम्सका निर्देशक अशिम सापकोटाले कृषि र कृषकमा समर्पित भइरहेको यो मासिक पत्रिकाले आगामी दिनमा पनि कृषकको सच्चा सहयात्री बन्दै जाने कुरामा प्रतिबद्धता जाहेर गरेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :