प्रथम राष्ट्रिय “कृषि यान्त्रिकरण” प्रदर्शनी

यो समाचार 301 पटक पढिएको

काठमाडौं, ७ पुस : नेपालमा कृषि यान्त्रिकरणस बन्धी पहिलो राष्ट्रिय प्रर्दशनीको आयोजना हुने भएको छ । कृषि विकास मन्त्रालयमातहतको कृषि ईन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद(नार्क) को कृषि ईन्जिनियरिङ महाशाखा तथा नेपाल उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा आगामी फागुन ९ गतेदेखि चारदिने प्रदर्शनी हुन लागेको छ। प्रदर्शनी चितवन जिल्लाको नारायणगढको नारायणी नदीको वगरमा आयोजना गरिने प्रदर्शनी कार्यसमितिका सदस्यसचिब ईन्जिनियर मधुसुधनसिंह वस्न्यातले जानकारी दिए।

 

Technologyकृषि ईन्जिनियरिङ निर्देशनालयका निमित्त कार्यक्रम निर्देशकसमेत रहेका बस्न्यातकाअनुसार चालु आर्थिक बर्ष ०७०/७१ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार नेपालमा पहिलो पटक कृषि यन्त्र, औजार तथा उपकरणस बन्धी प्रदर्शनीको आयोजना गरिएको हो। उनका अनुसार कृषि यान्त्रिकरणको प्रवद्र्धन, त्यसस बन्धी जनचेतना, उत्पादक, आयातकर्ता, वितरक, बिक्रेता, बैंक तथा वित्तिय संस्थालगायत किसानहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको हो। ‘प्रदर्शनीमा किसानहरूले कृषि यान्त्रिकरणस बन्धी जानकारी लिएर आवश्यक परेको कृषि उपकरण खरिद गर्नसमेत सक्षम हुनेछन,Ó सदस्यसचिब बस्न्यातले भने।
कृषि ईन्जिनियरिङ महाशाखाका प्रमुख श्रीमत श्रेष्ठका अनुसार प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण, उत्पादक, आयातकर्ता, वितरण, विक्रेता, सरकारी संस्था, शैक्षिक संस्था, अनुसन्धान संस्था, कृषक समूह तथा सहकारी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र बैंक तथा वित्तिय संस्थाका गरेर सयवटा स्टाँल रा ने व्यवस्था गरिएको छ। मुलुकभरका जिल्लाका कृषक, कृषक समूह तथा सहकारी, कर्मचारी, अनुसन्धानकर्ता, विद्यार्थी, कृषि आयोजना तथा व्यवसायीहरू गरेर करिब दुईलाखले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य राखिएको छ।
नेपालमा कृषि औजार कारखाना नभएकाले पछिल्लो समयमा पर परावादी कृषि प्रणाली आधुनिक र व्यवसायीमूलक कृषि प्रणालीमा रूपान्तरण भएपनि किसानहरूले कृषि औजार तथा उपकरणको प्रयोग गर्न सकेका छैनन्। भारतलगायत तेश्रो मुलुकबाट आयात हुने कृषि उपकरणको मूल्य सामान्य किसानले व्यहोर्न नसकेका कारण नेपालमा यस्ता उपकरण तथा औजारको प्रयोग बढ्न सकेको छैन।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :