प्रतिष्ठानद्वारा तीज कार्यक्रम सम्पन्न

यो समाचार 303 पटक पढिएको

काठमाडौं, २८ भदौं / नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) ले सोमबार राजधानीमा ‘दूध तथा दुग्धजन्य परिकारको सेवन गरौं, तीजलाई दूधमय बनाऔं’ भन्ने नाराका साथ तीज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

jonaa7 Teej 2072

काठमाडौं, २८ भदौ : नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । सोमबार अनामनगरस्थित कृषि पत्रकार डबलीमा सम्पन्न तीजको शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौंमा रहेर विभिन्न संचारमाध्यममा आवद्ध ७० जना भन्दा धेरै महिला पत्रकार उपस्थित थिए ।

‘दूध तथा दुग्धजन्य परिकारको सेवन गरौं, तीजलाई दूधमय बनाऔं’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष गोकर्ण अवस्थी सहितको टोली, नेपाल डेरी एशोसिएसनका अध्यक्ष सुमित केडिया, क्रियाशिल पत्रकार महिला(डब्लुडब्लुजे) का महासचिब रामकला खड्का, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायतले शुभकामना ब्यक्त गरेका थिए । राजधानीबाट प्रकाशित हुने छापा माध्यम, टेलिभिजन, रेडियो र अनलाइलन लगाएका संचालमाध्यममा संलग्न संचारकर्मीहरु तीजका गीतमा नाचेर तीजको स्वागत गरेका थिए ।

प्रतिष्ठानको महिला बिभाग संयोजक लक्ष्मी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तीजमा खाइने दरमा अत्याधिमा परिमाणमा दूध र दुग्धजन्य पदार्थ सेवन गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरिएको थियो ।

jonaa Teej 2072

रचनात्मक प्रतिक्रिया दिनुहोस् :