कुरा गरेर मात्रै कृषि क्रान्ति हुँदैन : बस्नेत / सम्वाद

यो समाचार 425 पटक पढिएको

Birendra Bahadur Basnet, Buddha Air
वीरेन्द्रबहादुर बस्नेत, प्रबन्ध निर्देशक, बुद्ध एयर

वार्षिक रु.४०० करोडको कारोबार गरिरहेको बुद्ध एयरको जावलाखेल, ललितपुरस्थित वातानुकूलित च्याम्बरमा नेपाली हवाई व्यवसायको माथापच्ची गर्ने यसका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत कहिलेसम्म छरेको गहुँ वा रोपेको धान राम्ररी फल्छ भन्नेदेखि नेपालको कृषि सम्भावनासम्मका विशेषज्ञ कुरा गरिरहेका हुन्छन्। न्यायाधीश, प्रशासक, मन्त्री र त्यसपछिका एक समर्पित किसान सुरेन्द्रबहादुर बस्नेतका छोरा वीरेन्द्र स्नातकोत्तर पढ्न राजधानी आउँदा बिहे भएपछि मोरङको खेतीमा फर्कन सकेनन्। त्यसपछिको उनको उडान बुद्ध एयरले देखाइरहेको छ। बस्नेतको खेती–चिन्तन मोरङ, सुनसरी र झापामा देखिएको कृषि–क्रान्तिले देखाउँछ, जहाँ उनले शुरू गरेको कृषिमा यान्त्रिकीकरण अभियानमा ५ हजार परिवार किसान जोडिइसकेका छन्। यो अभियान विशुद्ध रूपमा समाज र देशका लागि भएको र आत्मसन्तुष्टि मात्र आरुनो भएको बताउने बस्नेतसँगको कुराकानीः

अर्थशास्त्रको विद्यार्थी छँदा माछा उत्पादन थालेको व्यक्तिस कसरी आकाशलाई कर्म क्षेत्र बनाउनुभयो ?

२०४२ सालतिर मोरङको डाँगीहाटमा बुबाले आधुनिक खेती शुरु गर्दा म बनारसमा पढिरहेको थिएँ। त्यहीबेला बुबाले माछाका भुरा उत्पादन गर्ने तालीम लिन कलकत्ता पठाउनुभयो। त्यसपछि ५६ वटा पोखरी खन्यौं र वर्षमा ६० लाख भुरा बिक्री गर्‍यौं। मेरो लागि हवाई व्यवसाय बिहेपछि आइलागेको बाध्यता थियो। अहिले बुद्ध एयरबाट चुल्हो चलेको छ भने खेतीले आत्मसन्तुष्टि दिएको छ।

‘कर्पोरेट सोसल रेस्पोन्सिविलिटी’ अन्तर्गत सेवाका अरू क्षेत्र किन हेर्नु भएन ?

मेरो ‘प्यासन’ नै कृषिमा भएकाले। नेपाल विकासको एउटा महङ्खवपूर्ण आधार पनि हो कृषि। यसबाट मनग्ये कमाइ होस् भनेर हामीले प्रविधिलाई महङ्खव दिएका छौं। कृषिमा प्राविधिक ज्ञान र वैज्ञानिक उपकरण प्रयोग गर्ने देशहरू धनी भएका छन्, परम्परागत विधि नछाड्ने देशहरूमा व्यापक गरीबी छ।

यसलाई कसरी अगाडि बढाउन सकिन्छ ?

पहिला महीनाको रु.१५० दिंदा भात समेत पकाइदिने हली पाइन्थ्यो। आज रु.५०० भन्दा कममा पाईंदैन, त्यो पनि बिहान ८ देखि २ बजेसम्मका लागि। हली त पाइँदै पाईंदैन। श्रमशक्ति पलायनको सोझो मार कृषिमा परेको छ। त्यसकारण पनि यान्त्रिकीकरणमा जानुको विकल्प रहेन। हाम्रो दुईतिहाइ जनशक्ति अहिले देश बाहिरको श्रम बजारमा छ। तर, उपलब्ध प्रविधि अपनाउने हो भने देशमा रहेको श्रमशक्ति नै कृषिको औद्योगीकरणका लागि काफी हुनेछ।

यान्त्रिकीकरणका लागि मोरङको गोकुवा गाउँ नै छान्नुको कारण ?

गोकुवाको खेतमा मेसिन लैजानुभन्दा पाँच वर्षअघि नै हामीले त्यहाँ २०-२५ लाख खर्चेर दुईवर्षे कार्यक्रम चलायौं, किसानहरूलाई विश्वस्त पार्न। मेसिन ल्याएर त्यसले काम नगरे खेत बाँझिने जोखिम थियो। त्यसकारण, शुरूमा परीक्षणको रूपमा आरुनै मेसिन र कर्मचारी राखेर किसानहरूलाई फाइदाबारे बुझायौं। त्यसपछि हामीलाई सकिने रहेछ र किसानहरूलाई हुने रहेछ भन्ने भयो।

भनेपछि, शुरूमा निकै गाह्रो भयो ?

हाम्रो परीक्षण सशर्त थियो। रु.३६ लाखको उपकरण किन्न किसानहरूले १० लाख जुटाउनै पर्ने, समूहमा जति परिवार भए पनि जमिन २०० बिघा हुनै पर्ने लगायतका १० पेज लामो शर्तहरू भएकाले गाह्रै भयो। कृषि यन्त्र किन्न पहिला म आफैं ग्यारेण्टी बसें, किसानका सहकारीले ऋण नतिरे मेरो खाताबाट लिन हिमालयन ब्याऒ्ढसँग कागज गरेर। अहिले सबै सहकारी अग्रिम रकम चुक्ता गर्न सक्षम छन्।

परीक्षणले के देखायो ?

खेतीपाती छाडेको १५ वर्षपछि गाउँमा गएर बुझ्दा पहिला कृषिमा व्यस्त रहने श्रमशक्ति पलायन भएर गाउँ नै सुनसान भएको पाएँ। श्रम समस्या भोगिरहेका किसानहरूलाई हामीले यान्त्रिकीकरणतिर डोर्‍याउने प्रयास गर्‍यौं। नभन्दै, अहिले किसानको श्रम, समय र खर्च घटेको छ, उत्पादन बढेको छ।

यान्त्रिकीकरणका समस्या छैनन् ?

हामीले फाइदा–बेफाइदाको ‘बेसलाइन सर्भे’ गरेर मेसिन परीक्षण गर्‍यौं। असफल भएको धान रोप्ने मेसिन शुरूमै हटायौं। शुरूमा चारवटा मात्र रहेका सहकारी १० वटा पुगिसके, आउँदो चैतबाट ५० वटा पुग्दैछन्। तिनीहरूले १० हजार बिघा जमिनमा यान्त्रिकीकरण गर्नेछन्। अहिलेसम्मको सहकार्यबाट हामीले आम किसानमा मल, बीउ आदि किन्ने चालु पूँजीको ठूलो समस्या रहेको पायौं। अब टंकीसिनवारीबाटै चालु पूँजी कार्यक्रम थाल्दैछौं। अन्न ब्याऒ्ढलाई विस्तार गर्नेछौं। यी दुई सुविधा भएपछि किसानका आधारभूत कुरा पूरा हुनेछन्। त्यसपछि पोल्ट्री फार्म, डेरी लगायतका कुरामा जान सकिन्छ।

बुद्ध एयरकै नामबाट चलेको अभियानका लागि किन कम्पनी खोल्नु पर्‍यो ?

पहिला काम शुरू गर्न र बिग्रिए आफैं जवाफदेही हुन बुद्ध एयरबाट गर्‍यौं। अब नाफारहित कृषि कम्पनीमार्फत काम गर्दा हुने अवस्था आयो। कम्पनीले सीधै कृषि यन्त्रहरू ल्याएर वितरण गर्दा कृषक समूहहरूलाई बजार भन्दा ४० प्रतिशत सस्तो पर्छ। यन्त्र संचालन र मर्मतका लागि सेवा केन्द्र खोलिदिएका छौं।

यो अभियानलाई विस्तार गर्ने के योजना छ ?

अहिले माइक्रोसफ्ट कम्पनीको  ‘विल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन’ र ‘वारेन बफेट’ ले ६० अर्ब डलरको कोष बनाएर यस्तै कामको तयारी गरिरहेका छन्। तर, यसबाट धनी मात्र झन् धनी हुन्छन्। हाम्रो काइदाले भने जसको जति जमिन छ, उसलाई त्यही अनुपातमा सम्पन्न बनाउँछ। २०० बिघामा जेसुकै खेती गर्नुस्, त्यो एउटा सामूहिक उद्योग हुन्छ। त्यसको आम्दानीले अरू व्यवसाय विस्तार गर्न सकिन्छ। ५० वटा सहकारीले आकार लिएपछि हाम्रो कृषि अर्थतन्त्रले अर्कै गति लिने कुरामा म विश्वस्त छु। पूर्वका तीन जिल्लाका पहाडी, मधेशी र अरू सबै मूलका कृषक समूहमा एकताबद्ध भएर यो अभियानमा लागेका छन्। हामी यसैगरी २०७० सालसम्म मोरङ, सुनसरी र झापाका कम्तीमा १० हजार बिघामा एउटा  ‘सिस्टम’ बसाइसक्छौं, १० लाख बिघामा लागू गरे पनि हुनेगरिको।

अभियानप्रति कति विश्वस्त हुनुहुन्छ ?

हामीलाई अहिले पैसा र प्रविधिको अभाव छैन, चुपचाप काम गरिरहेका छौं। 

सरकारसँग सहकार्यको योजना छ ?

कम्युन जस्तो लाग्ने यो कार्यक्रम आफैंमा गतिशील छ र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने उपाय सरकार बाहिर पनि छ भन्ने देखाएको छ। यसमा सरकारले चासो देखायो भने अझ राम्रो हुन्छ र सहकार्य नगर्ने कुरै आउँदैन। त्यस बाहेक हाम्रो  ‘फर्मूला’ जसले पनि प्रयोग गर्न सक्छ। हामीलाई आम नेपाली किसानको हित भयो र कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्यो भने पुग्छ।

भनेपछि, तपाईंलाई वास्तविक क्रान्ति आफूले गरिरहेको जस्तो लाग्छ ?

क्रान्ति, परिवर्तन जे भन्नुस् त्यो भइरहेको छ। कुरा मात्र गरेर क्रान्ति हुँदैन। वास्तविक क्रान्ति त्यै नै हो जसले समाजलाई देखिने गरी रुपान्तरण गर्छ। अब म तीन वर्ष मात्र यसमा समय दिन्छु, किनभने त्यसबेलासम्म आफैं अघि बढ्ने एउटा  ‘सिस्टम’ बसिसक्छ। यान्त्रिकीकरणमा हामी सफल भइसक्यौं। अब ५० वटा सहकारी स्थापना गरेर चालु पूँजी ब्यांकिङ र अन्न ब्याङ्कलाई मजबुत बनाउने हो।

-आनन्द राई/डम्बरकृष्ण श्रेष्ठ

रचनात्मक प्रतिक्रिया दिनुहोस् :