पुष्पको आयात दर घटाउ : मन्त्रालय

यो समाचार 137 पटक पढिएको

काठमाडौं, २५ भदौ / पुष्प व्यवसायको उत्पादन बढाउनका लागि एक गाउँ एक उत्पादन वा एक जिल्ला एक उत्पादनमा समावेश गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

OLYMPUS DIGITAL CAMERA

शुक्रबार राजधानीमा आयोजित फलोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)को २३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै कृषि विकास मन्त्रालयका सहसचिव डा.उदयचन्द्र ठाकुरले निर्यातमुलक पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि मन्त्रालय हरेक वर्ष बजेटको व्यवस्था गरिएको बताए । फूलको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ सरकारले सोहीअनुसार कार्यक्रम अघि बढाएको उनको भनाइ थियो ।

उनले पुष्प व्यवसायको प्रवद्र्धनका लागि मन्त्रालय फयानसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले उत्पादन फूलको उत्पादन बढाउन सरकारले सहयोग गर्नुपर्ने बताइन् भने महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सबैभन्दा पहिले सरकारले व्यवसायीक वातावरण बनाउनुपर्ने बताए । फयानका अध्यक्ष लोकनाथ गैरेले फूलको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका लागि फयान लागिपरेको भन्दै उत्पादन बृद्धि नै प्रमुख चुनौती रहेको बताए ।

पुष्प व्यवसायको प्रवद्र्धनकै लागि पाठयक्रम विकास केन्द्रले कक्षा ९ र १० को पाठयपुस्तकमा सो सम्वन्धि सामग्री समावेश गरेको जानकारी दिँदै सरकारले २६ वटा निर्यातजन्य वस्तुमा फूललाई पनि समावेश गरेकोमा खुशी व्यक्त गरे । उनले उत्पादन बढाउन व्यवसायीकरणमा जोड दिँदै सयपत्रको व्यवसायीकरण नयाँ जात विकास गर्न नेपालका विभिन्न ६ स्थानमा परीक्षण उत्पादन भइरहेको जानकारी दिए । साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :